Follow @khasokhasmag

चर्चित भारतीय अभिनेता शशी कपुरको निधन


प्रकाशित मिति : मंसिर १८, २०७४ सोमबार

१८ मंसिर, काठमाडौं । भारतीय चलचित्र अभिनेता शशी कपुरको ७९ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो तीन सातादेखि मुम्बईको कोकिला बेन अस्पतालमा उपचाररत कपुरको सोमबार निधन भएको हो ।

शशी कपुरले १६० भन्दा बढी हिन्दी र अंग्रेजी चलचित्रमा अभिनय गरेका छन् । उनको जन्म सन् १९३८ मा कोलकातामा भएको थियो ।

उनले नाटकबाट कलाकारिता सुरु गरेका थिए । सन् १९४४ देखिनै पिता पृथ्वीराज कपुरका साथ उनले अभिनय सुरु गरेका थिए ।

सन् १९६०/७० को दशकमा भारतीय फिल्मी उद्योगमा तहल्का मच्चाएका कपुरले अभिनय गरेको जब-जब फूल खिले, कन्यादान, शर्मिली, आ गले लग जा, रोटी कपडा और मकान, चोर मचाए शोर लगायतका चलचित्र निक्कै मन पराइएका थिए ।

सन् १९८४ मा पत्नी जेनिफरको क्यान्सरका कारण निधन भएपछि एक्लो जीवन बिताइरहेका कपुरलाई सन् २०११ मा पध्म भुषण र सन् २०१५ मा दादा साहेव पुरस्कार प्रदान गरिएको टियो ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com