बुटवलबाट ठूलो मात्रमा विष्फोटक पदार्थ बरामद


प्रकाशित मिति : मंसिर १५, २०७४ शुक्रबार

मंसिर १५, रुपन्देही प्रहरीले बुटवल क्षेत्रबाट ठूलो मात्रामा विष्फोटक पदार्थ बरामद गरेको छ । विष्फोटक पदार्थ चार्जसहितको अत्याधुनिक रहेको भन्दै प्रहरीले थप संवेदनशील बनाएको निष्कर्ष निकालेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले यस्तो विष्फोटक पदार्थ नयाँ रहेको अनुमान गरेको छ । ‘प्रहरीले डेटोनेटर बरामत गरेको भनेता पनि यो डेटोनेटर मात्र हैन यसका बारेमा अनुसन्धान शुरु गरेका छौं, जिप्रकाका प्रहरी अधिकारीले भने, ‘चार्जसहितको सहितको सामान रहेकाले यसले ठूला दुर्घटना गराउन सक्छ ।’ नेपालमा उक्त प्रकारको सामाग्री नवन्ने भएकाले कहाँबाट र कसले ल्याएको हो रु भन्ने बारे सुक्ष्मरुपमा अध्ययन र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२ सय ५० थान वरामद

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले इलेक्टिकल डेटोनेटर २ सय ५० थान बरामद भएको बताए । सुरक्षाा चेकजाचका क्रममा बुटवल क्षेत्रबाट बरामद भएका ती डेटोनेटरको साइज पनि ठूलो रहेको प्रहरीले जनाएको छ । लम्वाइ १८ सेन्टिमिटर र चौडाइ ५ दशमलव ६ सेन्टिमिटरको रहेको प्रहरीले जनाएको छ । प्रहरी उपरिक्षक ज्ञवालीले यस बारेमा अनुसन्धान भइरहेकाले तत्काल थप विवरण बताउन नमिल्ने बताए । विष्फोटक पदार्थ कस्तो अवस्थामा बरामद भएको हो भन्ने बारे उनले बताउन चाहेनन ।

रुपन्देहीका सुरक्षा संवेदनशील बढायो

आसन्न निर्वाचनका लागि रुपन्देहीमा सामान्य भनिएका क्षेत्रलाई पनि प्रहरीले संवेदनशीलतामा राखेको छ । बुटवल क्षेत्रमै त्यति ठूलो मात्रमा विष्फोटक पदार्थ बरामद भएपछि अब जिल्लाका सबै क्षेत्रलाई संवेदनशिल रुपमा हेरेको प्रहरी उपरिक्षक ज्ञवालीले बताए । विप्लव नेतृत्वको नेकपालाई मात्रै चुनौतीका रुपमा लिएको प्रहरीले पछिल्ला गतिविधि अध्यान गर्दा अन्य चुनौतीतर्फ पनि ध्यान दिन थालेको छ । सबै क्षेत्रका चुनौती सामना गर्ने गरी सुरक्षा व्यवस्था मजवुत बनाएको ज्ञवालीले बताए ।

प्रहरीको यस्तो छ अनुरोध

रुपन्देही प्रहरीले सर्वसाधारणमा समेत सचेत हुन अनुरोध गरेको छ । कही कतै शंकास्पद वस्तु फेला परे त्यसलाई नचलाउन र तत्काल प्रहरीलाई खबर गर्न जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले सबैलाई अनुरोध गरे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com