अमेरिकी विशेष विमान किन घुम्दैछ नेपाली आकासमा ?


प्रकाशित मिति : मंसिर २, २०७४ शनिबार

२ मंसिर, काठमाडौं । ललितपुरको भट्टेडाँडामा तयार गरिएका दुई वटा रडारसहित देशभर सञ्चालनमा रहेका विभिन्न उड्ययन सम्बद्ध उपकरणहरुको परीक्षण शनिबारबाट सुरु भएको छ । अमेरिकाबाट आएको विशेष विमान र अमेरिकी तथा जापानी प्राविधिक टोलीले यस्तो परीक्ष्ण सुरु गरेका हुन् ।

यसका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य केही महत्वपूर्ण विभानस्थलमा पनि उडान/अवतरण प्रभावित भएको छ । तालिकाभन्दा ढिला गरी उडान भएपछि विभिन्न गन्तब्यमा हिँडेका याुत्र लामो समय विमानस्थलमा रोकिएका छन् ।

अब आइतबार र सोमबार पनि उडान/अवतरण केही नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । हवाई उडानलाई सुरक्षित गराउने गरी नयाँ रडार जडान गरिएको हो ।

नयाँ रडार  र उड्ययन सम्बद्ध उपकरणको परीक्षण गर्न अमेरिकाको फेडरल एभिएसन एडमिनिट्रेसन विशेष जहाजसहितको ६ जनाको टोली नेपाल आएको छ । जापानबाट पनि ४ जनाको प्राविधिक टोली आएको छ ।  यसैबाट नयाँ राडरसहित देशभरका उड्ड्यन उपकारण र सिस्टमहरुको क्यालिब्रेसन गरिनेछ ।

सँगै देशभरका हवाई उडान सम्बन्धी विभिन्न उपकारणहरुको कार्यदक्षताबारे पनि अध्ययन हुने भएको छ । यो विमान विभिन्न विमानस्थलहरुमा पुग्नेछ । त्यहाँ अतरणर उडान गर्दै उपकरण र सिस्टमहरुको परीक्षण गर्नेछ ।

प्राविधिक टोलीले सुरक्षाका हिसावले कुन विमानस्थलको उपकरणहरु कुन हालतमा छन् भनेर रिपोर्ट पनि दिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।


नेपालमा हुने हवाई दुर्घटना घटाउन नयाँ रडार सहयोगी हुने विश्वास छ । जापानी सहयोग नियोग -जाइका)को सहयोगमा नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ रडारस्थापना गरेको हो ।

यो राडरबाट नेपाली आकाशमा आएका विमानहरुको स्पिड, उडिरहेको उचाई सहितका जानकारी लिन सकिनेछ । भट्टेडाँडाको रडार सञ्चालनमा आएपछि नेपालको कुल भूभागको तीन चौंथाई हिस्सामा रडार कभरेज पुग्नेछ ।

यो परियोजनामा जापानले ३.५५९ बिलियन येन खर्च गरेको छ ।

Onlinekhabar

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com