ट्रम्पको परमाणु हतियार प्रयोगको आदेश दिने अधिकारबारे सुनुवाई
प्रकाशित मिति : कार्तिक २९, २०७४ बुधबार

अमेरिकी माथिल्लो सदन सिनेटको एउटा समितीले राष्ट्रपति डोनाल्ड ट्रम्पको परमाणु हतियार प्रयोगको आदेश दिने अधिकारबारे पहिलो पटक सुनुवाई गरेको छ । अमेरिकी कंग्रेसले ४० बर्षयता पहिलोपटक राष्ट्रपतिको अधिकारबारे सुनुवाई गरेको बीबीसीले उल्लेख गरेको छ ।
उत्तर कोरिया लक्षित राष्ट्रपति ट्रम्पको पछिल्ला अभिव्यक्तिका कारण सिनेटरहरु चिन्तित बनेका हुन् । सो सुनुवाईको माग गरेका रिपब्लिकन सिनेटर बब कोर्करले गत महिना उत्तर कोरियाबारे पछिल्लो समय राष्ट्रपति ट्रम्पले दिएका अभिव्यक्तिले अमेरिकालाई तेस्रो विश्व युद्ध तर्फ उन्मुख गरेको आरोप लगाएका थिए ।