रिपब्लिकनहरूले टेक्सासमा नयाँ संसदीय नक्शा पारित गर्न खोजेपछि डेमोक्र्याट्सहरु सम्पर्कबाहिर


प्रकाशित मिति : श्रावण १८, २०८२ आईतबार

अमेरिकाको टेक्सासमा नयाँ संसदीय नक्शा पारित गर्न नदिन डेमोक्र्याटिक पार्टीका राज्य सांसदहरू सम्पर्कविहिन भएका छन् ।

नयाँ प्रस्तावित नक्साले रिपब्लिकनहरूलाई ठूलो फाइदा पुग्ने भएकाले डेमोक्र्याटहरूले यो कदम चालेका हुन्।

गत साता टेक्सासको बहुमतमा रहेका रिपब्लिकनहरूले प्रस्ताव गरेको नयाँ नक्सालाई राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन गरेका छन् ।

यस योजनाले अमेरिकी प्रतिनिधि सभामा पाँचवटा नयाँ रिपब्लिकन झुकाव भएका सिटहरू सिर्जना गर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१५० सदस्यीय टेक्सास विधायिकामा मतदान गर्न दुई तिहाइ सदस्यको उपस्थित आवश्यक पर्छ । तर ५१ जना डेमोक्र्याट सांसदहरू अधिकांशजसो इलिनोइस राज्यतर्फ गएकाले आवश्यक कोरम पूरा हुन सकेको छैन।

डेमोक्र्याटहरूले दुई सातासम्म टाढा बस्ने योजना बनाइरहेका छन् । जुन समयभित्र टेक्सासका रिपब्लिकन गभर्नर ग्रेग एबटले बोलाएको विशेष सत्र समाप्त हुनेछ ।

यो विशेष सत्रमा संसदीय नक्शा पारित गर्नुका साथै गत महिनाको बाढीपीडितलाई राहत दिन र गाँजामा पाइने टीएचसी तत्व प्रतिबन्ध लगाउने प्रस्ताव पनि समावेश गरिएको छ ।

यी सांसदहरूलाई उनीहरूको अनुपस्थितिका लागि प्रति दिन ५०० डलर जरिवाना तिर्नुपर्न सक्छ । रिपब्लिकन राज्य महान्यायाधिवक्ता केन प्याक्सटनले उनीहरूलाई पक्राउ गर्ने चेतावनी दिएका छन् ।

प्याक्सटनले सामाजिक सञ्जाल एक्स मा लेखे, “जो कोही कानुनभन्दा माथि छन् भन्ने ठान्छन्, तिनीहरूलाई खोजेर ल्याउनु पर्छ।” “डेमोक्र्याट सांसदहरू कायर झैं भागिरहेका छन्, उनीहरूलाई तुरुन्त पक्राउ गरी संसदमा ल्याउनु पर्छ,” उनले लेखे।

टेक्सास डेमोक्र्याटहरूले भने आफूहरू जिम्मेवारीबाट भागेका नभई एकपक्षीय र धाँधलीपूर्ण प्रणालीविरुद्ध उभिएको बताएका छन् । राष्ट्रव्यापी रूपमा डेमोक्र्याटहरूले विरोधको योजना बनाएको भए पनि उनीहरूका विकल्प सीमित देखिन्छन् ।

इलिनोइस, न्यू मेक्सिको, र नेभाडा जस्ता राज्यहरूमा डेमोक्र्याटहरूको नियन्त्रण छ । उनीहरूले पनि रिपब्लिकनसरह राजनीतिक फाइदाका लागि नक्शा फेरबदल गरेका छन् ।

तर न्यूयोर्क, क्यालिफोर्निया, कोलोराडो र वासिङ्टन जस्ता राज्यहरूमा भने पुनःनक्साङ्कन गैर पक्षपाती स्वतन्त्र आयोगद्वारा गरिन्छ ।

हाल टेक्सासमा रिपब्लिकनहरूले ३८ प्रतिनिधि सिटमध्ये २५ सिटमा जितेका छन् । नयाँ नक्साबाट यो संख्या ३० पुग्ने अपेक्षा गरिएको छ – ती सबै सिटहरूमा ट्रम्पले पछिल्लो निर्वाचनमा कम्तीमा १० प्रतिशत मतले जितेका थिए ।

अगामी मध्यावधि निर्वाचनलाई ध्यानमा राख्दै टेक्सासको पुनःनक्साङ्कनले अमेरिकी संसदमा रिपब्लिकनको सानो बहुमतलाई बलियो बनाउन सक्ने बताइएको छ ।

हाल ट्रम्पको पार्टीसँग प्रतिनिधि सभामा २१९ सिट छन् भने डेमोक्र्याटहरूसँग २१२ सिट रहेका छन ।

अमेरिकामा हरेक १० वर्षमा जनगणनापछि जनसंख्यामा आएको परिवर्तनअनुसार मतदान क्षेत्रहरूको नक्सा फेरिन्छ । तर दशकको बीचमा नक्शा फेरबदल गर्नु असाधारण मानिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com