अमेरिकासँग बदला लिने तयारी गरेको क्यानडाले किन सहकार्यको हात बढायो ?


प्रकाशित मिति : माघ ९, २०८१ बुधबार

क्यानडाले अमेरिकासँगको सहकार्य थप बलियो बनाउन चाहेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उद्घोष गरेको अमेरिकाको सुनौलो युग लाई मद्धत गर्ने वाचा समेत क्यानडाले गरेको छ ।

अमेरिकासँग आसन्न भन्सार शुल्क युद्धको सामना गर्ने तयारी गरेका क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अब भने सहयोगको प्रस्तावले समस्या समाधान गर्न खोजिरहेको बताएका छन ।

क्यानडा अमेरिकाको एक सुरक्षित, भरपर्दो र विश्वसनीय साझेदार हो, ट्रुडोले भनेका छन ।

अमेरिकी समृद्धि र राष्ट्रिय सुरक्षामा केन्द्रित हुँदै क्यानडा ट्रम्प प्रशासनसँग सम्बन्ध बलियो बनाउन र २५ प्रतिशत भन्सार शुल्कबाट बच्न नयाँ रणनीति अपनाउँदै गरेको देखिएको छ ।

क्यानडाले ट्रम्प प्रशासनसँग बदला भन्दा पनि सम्झौता गर्न प्राथमिकता दिइरहेको छ । प्रधानमन्त्री ट्रुडोले फ्लोरिडा पुगेर ट्रम्पलाई प्रत्यक्ष रूपमा मनाउने प्रयास गरेका थिए ।

विशेषज्ञहरूका अनुसार, २५ प्रतिशत अमेरिकी भन्सार शुल्क लागू भए क्यानडाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ५.६ प्रतिशत सम्म गिरावट हुन सक्छ ।

क्यानडाको ७५प्रतिशत निर्यात अमेरिका हुन्छ । जबकि अमेरिकाको १७ प्रतिशत उत्पादन मात्र क्यानडामा जान्छ । यस असन्तुलनले क्यानडालाई कमजोर बनाएको हो ।

क्यानडाले ऊर्जा र राष्ट्रिय सुरक्षामा अमेरिकी साझेदारीलाई बलियो बनाउन खोजिरहेको छ । तर, क्यानडाले विगतमा व्यापार विविधीकरण गर्न भने संघर्ष गर्दै आएको छ ।

विकल्पहरू सीमित छन्, ओटावामा सार्वजनिक मामिला फर्म कम्पास रोज ग्रुपका प्रबन्ध निर्देशक थियो आर्गिटिसले भने । वार्तामा ट्रम्पलाई नै फाइदा हुन्छ तर वार्तावाट भाग्नु हुदैन उनले भनेका छन ।

ट्रम्पले चीन, युरोप र रुसका निर्यातमा पनि भन्सार शुल्क लगाउने धम्की दिएका छन् । उनले विदेशी व्यापारवाट राजस्व संकलन गर्न नयाँ प्रणाली बनाउने योजना गरेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com