संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकायले भन्यो : अमेरिका र इरानकाबीच तत्काल वार्ता आवश्यक छ


प्रकाशित मिति : माघ ९, २०८१ बुधबार

संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकायका प्रमुखले ट्रम्प प्रशासन र इरानलाई वार्ता गर्न आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का महानिर्देशक राफेल ग्रोसीले तेहरानसँगको आणविक वार्तामा अगाडि बढ्न संवाद ‘पूर्ण रूपमा अपरिहार्य’ भएको बताएका हुन । इरानले समृद्ध युरेनियमको उत्पादन तीव्र पारेको बेला प्रमुख ग्रोसीको भनाई बाहिर आएको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्प र नयाँ प्रशासनका सदस्यहरूको टिप्पणीले ‘कुराकानी गर्ने र सम्भवतः कुनै प्रकारको सम्झौतामा जाने’ ‘तत्परता’ देखाएको उनको विश्वास छ ।

इरानी अधिकारीहरूले पनि वार्ता आवश्यक भएको स्वीकार गरेको देखिएको छ । सन् २०२१ मा ट्रम्पको पहिलो कार्यकाल समाप्त भएयता इरानको परमाणु कार्यक्रम क्षमता, सुविधा र परमाणु सामग्रीको भण्डारको हिसाबले ‘नाटकीय रूपमा’ बढेको प्रमुखको भनाइ रहेको छ ।

आफ्नो पहिलो कार्यकालमा ट्रम्पले इरान विरुद्ध ‘अधिकतम दबाब’ को नीति अपनाएका थिए । सन् २०१५ को ऐतिहासिक आणविक सम्झौताबाट अमेरिकालाई फिर्ता ल्याए । जसले प्रतिबन्ध हटाउने बदलामा इरानको आणविक कार्यक्रममा प्रतिबन्ध लगाएको थियो ।

तेहरानले सन् २०१८ मा अमेरिकाले सम्झौताबाट फिर्ता नभएसम्म सम्झौताको पालना ग¥यो तर त्यसपछि आफ्ना प्रतिबद्धताहरू फिर्ता लिन थालेको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com