अतिरिक्त शुल्क प्रणालीको प्रभाव न्यूयोर्कमा देखिन थाल्यो, सिटीमा ट्राफिक जाम कम


प्रकाशित मिति : पुस २९, २०८१ सोमबार

अमेरिकाको न्यूयोर्क शहरमा ५ जनवरीदेखि लागु भएको सवारी साधनलाई लक्षित अतिरिक्त शुल्क योजनापछि ट्राफिक जाममा उल्लेखनीय कमी आएको देखिएको छ ।

मेट्रोपोलिटन ट्रान्सपोर्टेशन अथोरिटी (MTA) का अनुसार, सोमवारदेखि शुक्रबारसम्म २ लाख ७३ हजार कम सवारी साधनहरू केन्द्रीय व्यापार क्षेत्रमा प्रवेश गरे ।
यसले जनवरीको सामान्य हप्ताको तुलनामा ट्राफिक ७.५५ प्रतिशतले घटेको देखाएको छ ।

अमेरिकामा पहिलो पटक लागु गरिएको यस कन्जेसन शुल्कले सवारी चालकहरूलाई अधिकतम ९ डलर प्रति दिनसम्म शुल्क लगाउँछ । अन्य सवारी साधनका लागि फरक दर तोकिएको छ ।

कन्जेसन क्षेत्रले सेंट्रल पार्कको दक्षिणतर्फको क्षेत्रलाई समेट्छ । जसमा प्रसिद्ध स्थलहरू जस्तै एम्पायर स्टेट बिल्डिङ, टाइम्स स्क्वायर, र वाल स्ट्रिट आसपासको वित्तीय क्षेत्र छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुरुवाती तथ्यांकले न्यूयोर्कवासीहरूले ट्राफिक कम भएको छ, सडकहरू सुरक्षित महसुस भइरहेका छन्, र बसहरू छिटो चलिरहेका छन् (MTA) का प्रमुख जानो लिबरले भने ।

सवारी चालकहरूले समय बचत गरिरहेका छन् भने स्थानीय र एक्सप्रेस बसहरू विशेषगरी बिहानको समयमा छिटो चलिरहेका छन्, MTA ले आफ्नो सामाजिक सञ्जाल X मा पोस्ट गरेको छ ।

यस योजनाको उद्देश्य न्यूयोर्कको ट्राफिक समस्यालाई कम गर्नु र सार्वजनिक यातायात प्रणालीका लागि अर्बौं राजस्व संकलन गर्नु हो ।

धेरै चालकहरूलाई व्यस्त समयमा अतिरिक्त शुल्क तिर्नुपर्ने क्षेत्रमा प्रवेश गर्न प्रति दिन ९ डलर शुल्क लाग्छ । तर अन्य समयमा २.२५ डलर मात्रै तिरे पुग्छ ।

सानो ट्रक र गैर आवश्यक बसहरूले व्यस्त समयमा १४.४० डलर तथा ठूलो ट्रक र पर्यटक बसहरूले २१.६० डलर अतिरिक्त शुल्क तिर्नुपर्नेछ ।

यस योजनालाई धेरैले स्वागत गरेका छन् । तर केहीले यसको आलोचना पनि गरेका छन्। राष्ट्रपतिमा पुनः निर्वाचित डोनाल्ड ट्रम्पले भने यो योजनाको कडा बिरोध गरिरहनु भएको छ ।

ट्रम्पले यस महिनामा सत्तामा फर्केपछि यस योजनालाई खारेज गर्ने प्रतिबद्धता जनाएका छन् । गत वर्ष, ट्राफिक डाटा विश्लेषण कम्पनी INRIX का अनुसार, न्यूयोर्क सिटी लगातार दोस्रो पटक विश्वकै सबैभन्दा ट्राफिक प्रभावित शहरी क्षेत्र घोषित भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com