उत्तर कोरियाली राजदूत किम ह्योङ गिललाई लाई ३ दिनभित्र मुलुक छोड्न मेक्सिकोको आदेश


प्रकाशित मिति : भाद्र २३, २०७४ शुक्रबार

मेक्सिकोले उत्तर कोरियाली राजदूत किम ह्योङ गिललाई लाई ३ दिनभित्र मुलुक छोड्न आदेश दिएको छ । मेक्सिकोको विदेश मन्त्रालयले उत्तर कोरियाले गत आइतबार गरेको हाइट्रोजन बम सहितको परमाणु परिक्षणको विरोध गर्दै सो कदम चालेको जनाएको छ ।

उत्तर कोरियाले गरेको सो परिक्षण अन्तर्राष्ट्रिय कानुन बिपरीत भएकोले आफुलाइ  अस्वीकार्य भएको मेक्सिकोको भनाइ छ ।

उत्तर कोरियाको कदमले साझेदार जापान र दक्षिण कोरियालाई जोखिममा पारेको भन्दै मेक्सिकोले आफु उत्तर कोरियाको पक्षमा उभिन नसक्ने प्रष्ट पारेको छ । मेक्सिकोको कदमबारे उत्तर कोरियाको प्रतिक्रिया भने सार्वजनिक भएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com