प्रहरीले कसरी उठायो ४ अर्ब राजस्व ? अझै बढाउला त सकृयता !


प्रकाशित मिति : चैत्र १९, २०८० सोमबार

नेपाल प्रहरीले ४ अर्ब ३ करोड ४४ लाख ९६ हजार बराबरको राजस्व सङ्कलन गरेको छ । उक्त राजस्व चोरी, पैठारी तथा अवैध सुनचाँदी, मालसामान, नदीजन्य पदार्थ, अवैध काठ बरामद, अवैध मुद्रा, हुन्डी कारोबार, ट्राफिक जरिवाना, फैसला कार्यान्वयनलगायत शीर्षकबाट सङ्कलन भएको हो ।

संलग्न ७ हजार ६ सय ७९ जनालाई प्रहरीले कानुनी दायरामा ल्याई उक्त राजस्व सङ्कलन गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार राज्यको कानुन कार्यान्वयनका क्रममा फैसला कार्यान्वयनबाट पक्राउ, अवैध भन्सार छली, ट्राफिक कारबाहीलगायत कार्यबाट नेपाल प्रहरीले वार्षिक रुपमा ठूलो परिमाणमा राजस्व सङ्कलन गर्दै आएको छ । लुकाईछिपाईकन भन्सार छली गर्ने, अवैध रुपले सामान भित्र्याउनेजस्ता राजस्व चुहावटका क्षेत्रमा देखिएका समस्या भएको प्रवक्ता ढकालले बताउनुभयो ।

सङ्कलित राजस्वमध्ये अवैध मालसमान बरामदबाट १ अर्ब ३६ करोड ४४ लाख ३ हजार दुई सय ५६, ट्राफिक जरिवानाबाट १ अर्ब १० करोड ३६ लाख ४५ हजार ३ सय ५४ र फैसला कार्यान्वयनबाट १ अर्ब २ करोड ७८ लाख ३ हजार ५ सय ४३ सङ्कलन भएको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चालु आर्थिक वर्षमा हालसम्म सङ्कलित राजस्व तथ्याङ्कको विश्लेषण गर्दा राजस्व सङ्कलन ६ अर्ब ५ करोड १७ लाख ४४ हजार हुने प्रक्षेपण गरिएको छ जुन गत आर्थिक वर्षको तुलनामा ३५ दशमलव १७ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ८ महिनाको राजस्व सङ्कलन गत आर्थिक वर्षको ८ महिनाको तुलनामा ५० दशमलव २८ प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको प्रहरीको तत्थ्याङ्कले देखाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com