महेन्द्रराजमार्ग अन्र्तगत नवलपरासीको दाउन्नेमा सडक भासियो


प्रकाशित मिति : श्रावण २८, २०७४ शनिबार

– नारायण शर्मा , नवलपरासी 
श्रावण २८, २०७४

पहिरोका कारण १६ घण्टादेखि अवरुद्ध रहेको महेन्द्रराजमार्ग अन्तरगत नवलपरासीको दाउन्ने सडक खण्ड भासिएको छ । अविरल वर्षपछि गएराती देखि झरेको पहिरोका कारण सडक अवरुद्ध हुँदा महेन्द्रराजमार्ग हुँदै जाने हजारौ यात्रु दाउन्नेमा अलपत्र परेका छन् ।

निरन्तरको वर्षाका कारण पहिरो हटाउन नपाउँदै बर्दघाट तर्फको सडकखण्डको ठाउँँ/ठाउँमा सडक भासिएको छ । महेन्द्रराजमार्गको दाउन्ने खण्डका ४ स्थानमा १५ देखि, २५ मिटर सम्म सड्क खसेको प्रहरीले जनाएको छ ।

पुर्वपश्चिम महेन्द्रराजमार्गको सो खण्डमा सडक भासिएपछि यात्रा गर्न बढी जोखिम हुने भएका कारण सवारी आवागमनमा रोक लगाएको प्रहरीले जनाएको छ । डोजरले पहिरो हटाउने काम भईरहेपनि वर्षाका कारण ढुँगा माटो खस्ने क्रम नरोकिएको प्रहरीले जनाएको छ । वर्षा नरोकिए राजमार्ग खुलाउन नसकिने डिएसपी राजेश थापाले जानकारी दिनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com