राजस्व चुहावटका ६ वटा मुद्दा दायर


प्रकाशित मिति : माघ २२, २०७९ आईतबार

राजस्व अनुसन्धान विभागले पछिल्लो तीन महिनाको अवधिमा राजस्व चुहावटका छ मुद्दा दायर गरेको छ । विभागले आज प्रेस नोट जारी गर्दै गत कात्तिक दोस्रो सातायता राजस्व चुहावटसम्बन्धी छ र विदेशी मुद्रा अपचलनसम्बन्धी पाँच मुद्दा दायर गरेको जनाएको छ । त्यस्तै, वेभमा आधारित मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसिटिएस) को अनुगमनबाट ७६ फार्म तथा कम्पनीलाई कारबाही भएको विभागले जनाएको छ ।

विभागका अनुसार पछिल्लो तीन महिनामा राजस्व चुहावटका एक सय ९९ सूचना आएका थिए । जसमध्ये ७६ सूचनामाथि थप अनुसन्धानका लागि विभिन्न निकायमा लेखि पठाएको र छ सूचनामाथि अनुसन्धान टुङ्ग्याएर मुद्दा दर्ता भएको विभागले जनाएको छ ।

दायर भइसकेका छ मुद्दामा आठ प्रतिवादीलाई रू ६४ करोड ३१ लाख बराबर सजाय माग दाबी गरिएको छ । यही अवधिमा विदेशी विनिमयको अपचलनतर्फ छ सूचना आएकामा पाँच मुद्दा दायर भएका छन् । छ जनाविरुद्ध रू ५२ लाख ३३ हजार बराबर माग दाबी गरी मुद्दा दायर गरिएको प्रेस नोटमा उल्लेख छ ।

त्यस्तै, वेभमा आधारित मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसिटिएस) को अनुगमनबाट ७६ फार्म तथा कम्पनीलाई रू ५८ लाख १८ हजार बराबर जरिवाना गरिएको विभागले जनाएको छ । आर्थिक सुशासन कायम गर्न पछिल्लो समय राजस्व चुहावट र विदेशी विनिमय अपचलन नियन्त्रणलाई प्रभावकारी बनाउँदै लगिएको विभागले दाबी गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“राजस्व चुहावटमा संलग्न व्यवसाय, फार्म तथा व्यक्तिको कारोबारस्थलमा विभागले अनुमगन बढाउने, कारोबारस्थलबाट कागजात नियन्त्रणमा लिने, अनुसन्धान गर्ने र कानुनले तोकको सीमाभित्र तथा अभियोजन गर्ने वा कर निर्धारण गर्ने काम भएको छ”, प्रेस नोटमा उल्लेख छ । सरकारले पछिल्लो केही समय आयातमा कडाइ गरेका चिनी, कपडाजन्य सामान, मदिरा तथा विद्युतीय सामानमा चोरी पैठारी बढी हुनसक्ने भन्दै विभागले अनुगमन बढाएको जनाएको छ ।

त्यस्तै, भन्सार बिन्दु प्रयोग नगरी गोदामस्थलमा स्रोत नखुलेका मालवस्तुको भण्डारण र कारोबार गरेको सूचनाको आधारमा यस्ता क्रियाकलापमा संलग्न व्यवसायीलाई अनुसन्धानको दायरामा ल्याएको विभागले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com