Follow @khasokhasmag

सुरु भयो ११ औं शैक्षिक मेला, बुझेर मात्र पढ्न जान सुझाव,


प्रकाशित मिति : श्रावण ५, २०७४ बिहीबार

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आयोजनामा बिहीबारवाट राजधानीको भृकुटीमण्डपमा एघारौं शैक्षिक मेला सुरु भएको छ । चार दिनसम्म्म चल्ने मेलामा विभिन्न २ सय ४० स्टल तथा १४ वटा पेभेलियन छन् ।
यो मेलामा १२ वटा विदेशी स्टल समेत रहेको मेलाको नेपालका लागि श्रीलंकाका राजदुत स्वर्णलता पेरेराले उद्घाटन गरेका छन् । यो शैक्षिक मेलामा स्वदेशी तथा विदेशका हजारौं विश्वविद्यालय, कलेज र ५० औं मुलुकका बिषयमा आवश्यक जानकारी प्रदान हुने जनाइएको छ ।

बिदेशमा उच्च शिक्षाका लागि जाने विद्यार्थीका लागि सम्वन्धित देशको भाषा, संस्कृती, शैक्षिक परिपाटी, भिषा लगायतका बिषयमा यो मेलामा जानकारी प्रदान हुने छ । विदेशमा विद्यार्थी पठाउने मात्र नभई यो मेलामा उनीहरुका लागि आवश्यक सम्पूर्ण जानकारी पस्कने काम भैरहेको छ ।


इक्यानले यसभन्दा अघि १० औं पटक मेला आयोजना गरिसकेको छ । तर, हरेक बर्ष मेलालाई आधुनिक र व्यवस्थित बनाउँदै लगेको जनाएको छ ।


बुझेर मात्र पढ्न जान सुझाव
इक्यानले यो मेलामा खासगरि विद्यार्थी कुन देशको कुन स्थानमा कुन बिषयमा पढ्न जाने हो त्यसमा आफु क्लियर भएर जान आग्रह गरिरहेको छ । हरेक विद्यार्थी पहिलानै सवै विषयमा जानकार नहुने भएकाले इक्यानले इमान्दारपूर्वक आफ्ना सवै सदस्य परामर्शदातालाई सम्वन्ति सव जानकारी उपलव्ध गराउन आग्रह गरेको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com