पौष १७ देखि नेपालमा बालबालिकाहरुको लागि कोडिङ्ग प्रतियोगिता सुरु हुँदै
प्रकाशित मिति : पुस ८, २०७९ शुक्रबार
पौष १७ देखि देशव्यापी रुपमा ८ देखी १६ वर्ष सम्मको बालबालिकाहरुको लागि कोडिङ्ग प्रतियोगिता हुने भएको छ । मेरो कोडिङ्ग क्लासद्वारा आयोजित उक्त प्रतियोगितामा जुनसुकै बालबालिकाहरु सहभागी हुन सक्नेछन् । प्रतियोगितामा भाग लिनु अगावै बालबालिकाहरुलाई १० दिनको कोडिङ्ग वर्कसप प्रदान गरिने छ ।
बालबालिकाहरुलाई पूर्व कोडिङ्गको ज्ञान नभएता पनि भाग लिनको लागि कुनै कठिनाई नहोस भन्ने उद्धेश्यले उक्त १० दिनको वर्कसप दिन लागिएको हो । जसमा बालबालिकहरुले कोडिङ्गको विभिन्न अवधारणाहरुको ज्ञान पाउने र प्रतियोगिताको लागि तयार हुने मेरो कोडिङ्ग क्लासले जानकारी गराएको छ । बालबालिकाहरुलाई प्रतियोगितामा भाग लिई जम्मा २ लाख बराबरको कोडिङ्ग छात्रवृत्ति पाउनु को साथ–साथै अन्य पुरस्कार पनि प्रदान गरिने छ ।
नेपालमै पहिलो पटक हुन गईरहेको कोडिङ्ग किक स्टार्टले बालबालिकाहरुको लागि प्रतियोगिता, मनोरञ्जनको साथ–साथै भविष्यको लागि उपयुक्त ज्ञान पनि प्रदान गर्नेमा मेरो कोडिङ्ग क्लास विस्वस्त रहेको बताएको छ ।