जर्जिया सिनेटरमा राफेल वार्नोक विजयी, अब सिनेटमा डेमोक्र्या्टसका ५१ सिट


प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार

सिनेटर राफेल वार्नोकले आफ्नो रिपब्लिकन प्रतिद्वन्द्वी हर्शेल वाकरलाई जर्जियाको रनअफ चुनावमा पराजित गरेका छन् । यो जीतसँगै अब सिनेटमा डेमोक्र्याट्सको ५१ सिटको बहुमत कायम भएको छ ।

जर्जियाबाट पहिलो अश्वेत सिनेटर अब पूरा छ वर्षको कार्यकालका लागि निर्वाचित भएका छन् । योसँगै अब सिनेटमा टाइब्रेकका लागि उपराष्ट्रपतिको भोट आवश्यक नपर्ने भएको छ ।

वार्नकको विजयलाई मङ्गलबार साँझ ढिलोगरी घोषणा गरिएको थियो । वार्नोकको विजयको मार्जिन मेट्रो एटलान्टा वरपरको भारी अश्वेत डेमोक्रेटिक बाहुल्य क्षेत्रहरूबाट आएको हो ।

वार्नोकले जर्जियनहरुको प्रशंसा गरेका छन् । आफूलाई भोट दिएपनि वा नदिएपछि देशलाई विभाजित गर्न खोजिरहेका मानिसहरू भन्दा माथि उठेकोमा उनले धन्यवाद दिएका थिए ।

राफेल वार्नोक एटलान्टामा आफ्नी आमा भेर्लेन वार्नोक र उनकी छोरी क्लोसँग

सिनेट डेमोक्र्याटहरूले बुधबार बिहान क्यापिटल हिलमा विजयी उत्सव मनाएका छन् । जर्जियामा सिनेटर राफेल वार्नोक पुन निर्वाचित भएकोमा र नयाँ ५१-  ४९ को बहुमत कायम भएकोमा उनीहरुले उत्सव मनाएका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com