भीम रावललाई बालेनको जवाफ- तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन


प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र नेकपा एमालेका नेता भीम रावलबीच जुहारी चलेको छ । नेकपा एमालेका नेता रावलले परराष्ट्र मन्त्रालयबाट स्वीकृती लिएर अमेरिकी राजदूतसँग भेटेको हो कि होइन भनेर सामाजिक सञ्जालमा सोधेका थिए ।

जवाफमा मेयर बालेनले अमेरिकी राजदूतले पटकपटक भेट्न खोज्दा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउन आग्रह गरेको बताउँदै अनुमति लिएरमात्र भेट्ने अनुमति दिएको स्पष्ट पारेका छन् ।

उनले लेखेका छन्- ‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं ।’

उनले आफुहरुलाई विदेशीसँग सहयोग माग्ने कुनै रहर नरहेको खुलाएका छन् । अमेरिकी राजदूत आर्थिक सहयोगको प्रस्ताव लिएर आएको जानकारी दिँदै आफुले अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर तथा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएको जानकारी गराए ।

उनले थपे, ‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौं। एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com