झण्डै ४० प्रतिशत अमेरिकनको आफूभन्दा १० वर्षभन्दा जेठासँग डेटिङको अनुभव


प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार

silhouette of woman wearing sunglasses during sunset

कौगर लाइफको तर्फबाट गरिएको सर्वेक्षणमा धेरै अमेरिकी वयस्कहरू धेरै उमेरको अन्तर भएकाहरुसँग डेटिङमा संलग्न भएको फेला परेको छ । उनीहरुले कुनै न कुनै बेला १० वर्ष वा त्योभन्दा बढी उमेरको भिन्नता भएको व्यक्तिसँग डेटिङ गरेको जनाइएकाृ छ ।

अमेरिकीहरूको ठूलो बहुमतले आफूभन्दा १०ं वर्ष कम उमेरको व्यक्तिसँग डेट गर्न पुरुष र महिला दुवैलाई सामाजिक रूपमा स्वीकार्य भएको विश्वास गर्छन्। यद्यपि लैङ्गिक असन्तुलनहरू भने छन्। सर्वेक्षणले उमेरको अन्तर भएका व्यक्तिसँग डेटिङका ​​ फाइदाहरू र चुनौतीहरू पनि अन्वेषण गरेको छ ।

सर्वेक्षणमा सहभागीहरुमा हरेक १० मध्ये झण्डै चार अर्थात् ३९ प्रतिशतले ले यसअघि १०ं वर्षको उमेरको भिन्नता भएका व्यक्तिसँग डेट गरिसकेको बताएका छन् ।

महिलाको तुलनामा धेरै पुरुषहरूले आफूभन्दा १०ं वर्ष कम उमेरको व्यक्तिसँग डेट गरेका छन् । त्यस्तै पुरुषहरूको तुलनामा धेरै महिलाहरूले आफूभन्दा १०ं वर्ष बढी उमेरको व्यक्तिसँग डेट गरेको बताएका छन् ।

एकहजार भन्दा धेरै वयस्कहरूमा गरिएको सर्वेक्षणमा अन्वेषकहरूले ५७ प्रतिशत व्यक्ति आफूभन्दा १० वर्ष बढी उमेरको व्यक्तिसँग डेटिङ गर्न खुला रहेको बताएका छन् । जबकि ४९ प्रतिशतले भने आफूभन्दा कम्तीमा १० वर्ष कम उमेरको व्यक्तिमा रुचि राखे ।

३५ वर्ष वा सोभन्दा माथिका अविवाहित अमेरिकीहरू आफूभन्दा १० वर्षभन्दा कम उमेरका व्यक्तिसँग डेटिङ गर्न खुला देखिए । तर ३५ बर्षभन्दा कम उमेरकाहरु भने आफूभन्दा कम उमेरकासँग डेटिङ गर्न त्यती खुला देखिएनन् ।

हरेक १० मध्ये छ जना अर्थात् ६० प्रतिशत अमेरिकीहरू महिलाले आफूभन्दा १०ं वर्ष कान्छालाई डेट गर्न स्वीकार्य भएको विश्वास गर्छन् । जबकि ७१ प्रतिशतले पुरुषहरु आफूभन्दा १०ं वर्ष कान्छीलाई डेट गर्न स्वीकार्य भएको विश्वास गर्छन्।

आफूभन्दा कम उमेरकासँग डेटिङको फाइदाहरू शारीरिक आकर्षण भएको ३९ प्रतिशतको विश्वास छ भने खुला दिमाग रहेको ३७ प्रतिशतको विश्वास छ । त्यस्तै आफूभन्दा बढी उमेरका सँग डेटिङ गर्दाका फाइदामा भावनात्मक परिपक्वता रहेको ५५ प्रतिशतको विश्वास छ भने आर्थिक स्वतन्त्रता रहेको ४४ प्रतिशतको विश्वास छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com