दाङ १ः एकीकृत समाजवादीका चौधरी विजयी


प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार

दाङ क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा ९एकीकृत समाजवादी०का मेटमणि चौधरी २५ हजार तीन सय ३५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का शान्ता चौधरीले २० हजार एक सय ३५ मत प्राप्त गर्नुभएको मतदान अधिकृत मानबहादुर विष्टले जानकारी दिनुभयो । उहाँहरुबीच पाँच हजार दुई सयको मतान्तर रहेको छ । त्यस्तै स्वतन्त्र पार्टीका देवराज पाठकले १३ हजार सात सय ९४ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं १ मा एक लाख ३४ हजार सात सय ३३ मतदातामध्ये ८० हजार सात सय मत खसेको थियो । दाङ–१ को प्रदेशसभा (१)मा नेकपा (माओवादी केन्द्र)का इन्द्रजित थारू निर्वाचित हुनुभएको छ । उहाँले एक हजार सात सय ७५ मतान्तरले प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँले १३ हजार पाँच सय पाँच मत प्राप्त गर्नुभयो भने एमालेका गङ्गाराम भट्टराईले ११ हजार सात सय ३० मत प्राप्त गर्नुभएको छ ।

थारू लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री हुनुहुन्छ । यसअघि एमालेसँग तालमेल गरेर चुनाव जित्नुभएका थारू यसपालि गठबन्धनबाट उम्मेदवार बन्नुभएको थियो । सो क्षेत्रमा ४० हजार एक सय छ मत खसेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com