सुर्खेत–१ मा कांग्रेस उपसभापति खड्का विजयी


प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार

सुर्खेत क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का विजयी हुनुभएको छ ।

खड्का ४२ हजार छ सय सात मत प्राप्त गरी विजय हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । उहाँले नेकपा (एमाले) का ध्रुवबहादुर शाहीलाई ११ हजार छ सय १९ को मतान्तरले पराजित गर्नुभएको हो ।

खड्काका निकटतम् प्रतिद्वन्द्वी शाहीले ३० हजार नौ सय ८८ मत प्राप्त गर्नुभएको छ । विसं २०७४ बाहेक यो निर्वाचनसहित उपसभापति खड्काले सुर्खेत क्षेत्र नं १ बाट २०४८, २०५१, २०५६ र २०७० सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com