ईश्वर पोखरेललाई हराउँदै काठमाडौं ५ मा प्रदीप पौडेल विजयी


प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार

काठमाडौँ क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल विजयी हुनुभएको छ ।

पौडेलले १५ हजार दुई सय ३७ मत ल्याएर विजयी हुनुभएको सो क्षेत्रका मतदान अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत कमलकान्त जोशीले जानकारी दिनुभयो । पौडेलका प्रतिस्पर्धी नेकपा ९एमाले०का उम्मेदवार ईश्वर पोखरेलले १० हजार एक सय ७५ मत प्राप्त गर्नुभएको छ ।

पौडेलले पाँच हजार ६२ मतले पोखरेललाई पराजित गर्नुभएको हो । पौडेल पहिलोपटक प्रतिनिधिसभामा विजयी हुनुभएको हो । सो क्षेत्रमा कुल ७० हजार नौ सय १९ मतदाता रहेकामा ४५ हजार नौ सय ७८ मत खसेको थियो । त्यसमध्ये ४४ हजार चार सय सात मत सदर भएको थियो ।

सतचालीस वर्षीय पौडेल विसं २०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नं २(१) बाट न्यून मतान्तरले पराजित हुनुभएको थियो । पाँच वर्षपछि पौडेलले संसदीय राजनीतिमा अनुभव भएका एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेललाई पराजित गर्नुभएको हो । नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष पौडेल युवापुस्ताका आशालाग्दा नेता हुनुहुन्छ । राजनीतिप्रति गहिरो चिन्तन, सरल र प्रखर व्यक्तित्वले पौडेलको राजनीतिक यात्रालाई अहिलेको उचाइमा पु¥याएको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com