नर्भिकको संरचना तत्काल नहटाउन सर्वोच्चको आदेश, मेयर शाह असन्तुष्ट


प्रकाशित मिति : श्रावण २५, २०७९ बुधबार

सर्वोच्च अदालतले नर्भिक अस्पताललाई सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन अल्पकालिन आदेश दिएको छ। सोमबार काठमाडौं महानगरपालिकाले नियमविपरीत बनाएका संरचना हटाउन २४ घण्टे लिखित अल्टिमेटम दिएको थियो ।

तर, नर्भिक अस्पतालले मंगलबार दिएको रिटमा पहिलो सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले उक्त अल्टिमेटम तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ ।

यता, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सर्वोच्चले दिएको अल्पकालीन अन्तरिम आदेशप्रति असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटश लेख्दै नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने अधिकार सर्वोच्च अदालतलाई दिनुपर्ने टिप्पणी गरेका छन् । उनले संविधान नै संशोधन गरेर भएपनि नक्सा पास गर्ने अधिकार सर्वोच्चलाई दिनुपने व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।

बालेनले फेसबुकमा लेखेका छन्, ‘नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com