वरिष्ठ छायाँकार पाण्डेको हृदयघातका कारण निधन
प्रकाशित मिति : श्रावण २५, २०७९ बुधबार
काठमाडौं । नेपाली चलचित्र क्षेत्रका वरिष्ठ छायाँकार बिदुर पाण्डेको ५४ वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान हृदयघातका कारण उहाँको निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
उहाँको सीतापाइलास्थित आफ्नै घरमा हृदयाघात भएपछि उपचारका लागि गंगालाल अस्पताल पु-याइएको थियो । अस्पताल पु-याए लगत्तै चिकित्सकले उहाँलाई मृत घोषित गरेको थियो ।
लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय पाण्डेले करिब १५ सयभन्दा धेरै म्युजिक भिडियो, फिल्म तथाा डकुमेन्ट्रीहरु छायाँकना गर्नुभयो तर ‘कागबेनी’ फिल्ममा गरेको कामपछि चर्चा चुलिएको थियो। पाण्डेले स्वर, भूँईमान्छे, हाम्रो टिमलगायतका फिल्ममा पनि काम गर्नु भएको थियो ।