क्रिप्टोकरेन्सी कारोबारमा पक्राउ विशाल सिमेन्टका सञ्चालक श्रेष्ठ कारागार चलान


प्रकाशित मिति : श्रावण २४, २०७९ मंगलबार

क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा पक्राउ परेका विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ सम्बन्धी कसुरमा पक्राउ परेका नुवाकोटको विदुर नगरपालिका–२ घर भइ हाल काठमाडौँ महानगरपालिका–३ पानीपोखरी बस्ने ४१ वर्षीय  श्रेष्ठलाई  पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरेको हो ।

अदालतको आदेशपछि श्रेष्ठलाई कारागार चलान गरिएको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले जानकारी दिए । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई २९ असारमा पक्राउ गरेको थियो ।

तर अनुसन्धानका क्रममा श्रेष्ठको खातामा शंकास्पद कारोबार भएको भन्दै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसन्धान अनुसन्धान अघि बढाइएको थियो ।

उनको वेल्स बैंक अफ अष्ट्रेलियामा रहेको खातामा एक लाख ९४ हजार अमेरिकी डलर, रोयल बैंक अफ क्यानडामा १८ लाख ७४ हजार अमेरिकी डलर, एभरेष्ट बैंक लिमिटेडको खाताबाट रु दुई करोड छ लाख छ हजार छ सय ९२, एनआइसी एशिया बैंक लिमिटेडको खाताबाट रु ६५ लाख २४ हजार नौ १०, नबिल बैंक लिमिटेडको खाताबाट क्यानेडियन ६७ हजार पाँच ९६ र नेपाली रु ६५ लाख अवैध कारोबार गरेको पाइएको  प्रहरीले जनाएको छ ।

काठमाडौँ महानगरपालिका–१४ कलङ्की तथा कामपा–३ लाजिम्पाटमा जग्गा र पानीपोखरीमा अपार्टमेन्टसमेत रहेको पाइएको जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

श्रेष्ठको साथबाट बरामद भएको दुई थान मोबाइल र दुई थान ल्यापटपबाट उक्त कारोबार पत्ता लागेको प्रहरीले जनाएको छ । सरकारी वकिलको कार्यालयबाट काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरी बहस पैरवी पश्चात जिल्ला अदालतको आदेशअनुसार श्रेष्ठलाई कारागार चलान गरिएको हो ।


Discover more from KHASOKHAS

Subscribe to get the latest posts sent to your email.

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com