नागरिकता लगायतका आवेदनमा फेरि शुल्क बढाउने तयारीमा युएससीआईएस


प्रकाशित मिति : श्रावण २४, २०७९ मंगलबार

अमेरिकी सरकारको अध्यागमनबारे काम गर्ने एजेन्सी युएससीआईएसले फेरि शुल्क बढाउने तयारी गरिरहेको छ । यो नियम प्रस्तावित अवस्थामा रहेको र आगामी सेप्टेम्बरमा फेडलर रजिष्टरमा प्रकाशित गर्ने युएससीआईएसको लक्ष्य रहेको छ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले युएससीआईएसले लिनेका अध्यागमन र नागरिकता आवेदनका लागि शुल्क समायोजन गर्न प्रस्ताव गर्ने भएको छ । ३ अगस्ट २०२० मा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अध्यागमन र नागरिकता आवेदनका लागि युएससीआइएसका शुल्कहरू बढाएर नयाँ शुल्क लगाएको थियो ।

त्यस्तै निश्चित शुल्क मिनाहा र छुटबारे नीतिहरू परिमार्जन गरेको थियो । साथै युएससीआइएसको शुल्क तालिका र निश्चित अन्य अध्यागमन सुविधामा परिवर्तनको नियम अनुशार केही आवेदनका आवश्यकताहरूमा समेत परिवर्तन गरेको थियो ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई प्रारम्भिक रूपमा अदालतले त्यो नियम लागू गर्न आदेश दिइएको छ। आगामी नियमले अगस्ट ३, २०२० मा गरिएका परिवर्तनहरूलाई प्रतिस्थापन गर्नेछ र युएससीआईएस सञ्चालन लागतका लागि नयाँ शुल्कहरू लागु गर्नेछ ।

अहिले अमेरिकी नागरिकता आवेदनका लागि ८५ डलर बायोमेट्रिक शुल्क सहित ७२५ डलर तिर्नुपर्छ । यदि अनलाइनबाट आवेदन दिएको खण्डमा यो शुल्क अनलाइनबाट तिर्न सकिन्छ । कागजी आवेदन दिएमा मनी अर्डर, चेक वा क्रेडिट कार्डबाट पनि तिर्न सकिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com