बेलकोटगढी केन्द्रबिन्दु बनाएर ५.३ म्याग्नीच्युटको भूकम्पको धक्का


प्रकाशित मिति : श्रावण २०, २०७९ शुक्रबार

शनिबार बिहान काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्नीच्युटको भूकम्प गएको हो ।

नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु भएर भूकम्प गएको नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

युएस जिओलोजिकल सर्भेले भने कीर्तिपुरबाट ३३ किलोमिटर उत्तर पश्चिम केन्द्रबिन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको विवरण अनुशार अपडेट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com