पनौतीमा ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमण


प्रकाशित मिति : श्रावण १६, २०७९ सोमबार

काभ्रेपलाञ्चोकको पनौती नगरको पशुमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमण फेला परेको छ । अति खतरनाक मानिएको उक्त रोग नगरभित्र व्यावसायिक रुपमा पालिएको बङ्गुरमा देखिएको नगरपालिका कार्यालयले जनाएको छ ।

नगरका विभिन्न स्थान पालिइएका बङ्गुरमा उक्त सङ्क्रमण आजै पुष्टी भएसगै नगरले ओसारपसारकार्यमा निषेध गरेको छ । नगरका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीद्वारा जारी अपिलमा हाललाई बङ्गुरको ओसारपसार कार्य निषेध गरिएको जनाइएको छ । ओसारपसार गर्नुपरे बङ्गुरको स्वास्थ्य परीक्षण गरेर मात्रै ढुवानी गर्न आग्रह गरिएको हो ।

“सम्भावित क्षेत्रमा थप परीक्षणको तयारी गरिरहेका छौँ”, अधिकारीले भन्नुभयो । विभिन्न स्थानमा पालन गरिएको बङ्गुरको नमूना परीक्षणबाट उक्त रोग देखापरेको नगरले जनाएको छ । पशु सेवा विभागले यस रोगलाई उच्च मृत्युदर भएको ‘अति खतरनाक’ महामारीजन्य रोग भनेको छ ।

विभागका अनुसार यो रोग सुगरबाट मानिसमा भने सर्दैन । सन् २०१८ मा छिमेकी भारत, चीन र भुटानमा देखिएको यो रोग नेपाल प्रवेश गरेको पाँच महिनापछि काभ्रेपलाञ्चोकको पनौतीमा पनि देखिएको हो । गत वर्ष चैतमा पहिलोपटक काठमाडौँको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बङ्गुरमा उच्च मृत्युदर देखा परेपछि त्यहाँबाट नमूना सङ्कलन गरी केन्द्रीय पशुपक्षी रोग अन्वेशण प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिवर रोग पुष्टि भएको विभागले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विभागका अनुसार गत जेठ २ गते यो रोग नेपालमा भएको पहिलो पटक पुष्टि भएको हो । ललितपुरको गोदावरी, भक्तपुरको चागुनारायण क्षेत्रमा उक्त रोग फेलापरेको थियो । अफ्रिकन स्वाइन फिवर रोगका कारण त्यसबेला उपत्यकाको विभिन्न क्षेत्रमा करिब एक हजार बङ्गुर मरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com