सरकारले ल्याएको नागरिकतासम्बन्धि विधेयक ठिक छ : नेता बामदेव


प्रकाशित मिति : श्रावण ९, २०७९ सोमबार

राष्ट्रियसभा सदस्य बामदेव गौतमले नागरिकता संशोधन विधेयकमा बैबाहिक अंगिकृत नागरिकताको बारेमा सरकारले जुन व्यवस्था गरेको छ, त्यो सही भएको बताएका छन् ।

गौतमले राष्ट्रियसभाको आजको बैठकमा बोल्दै, हाम्रो देशमा बैबाहिक अंगिकृत नागरिकताको सम्बन्धमा अहिले जे व्यवस्था आएको छ,त्यसमा केही कुरा सच्चाउनु पर्ने बताउँदै भने, ‘भारतबाट आउनेले त्यहाँको नागरिकता त्यागेको सम्बन्धित निकायको कुनै न कुनै प्रमाणपत्र पेस गरेपछि मात्र नागरिकता दिने व्यावस्था राज्यले गर्नुपर्छ त्यो कुरा सरकारले सच्चाओस् ।’

बाहिरबाट बिबाह गरेर ल्याएको बुहारीले जन्माएको छोरा जन्मसिद्ध नागरिक बन्छ तर आमा भने १४ बर्षसम्म अनागरिक भएर बस्नुपर्ने बाध्यताको अत्य गर्नुपर्नु उनले बताए ।

उनले भने, ‘तराईका आधा नेपाली महिला भारततिर विवाह गर्दछन् भने आधा पुरुषहरु भारतबाट बिहे गरेर नेपाल ल्याउने गर्दछन् । आमाले जन्माएको छोरा जन्मसिद्ध नागरिक बन्छ,१४ वर्षसम्म आमा अनागरिक भएर बस्नुपर्छ । नागरिकता नभएको मान्छे संसारमा कोही पनि हुनु हुँदैन यो अन्तराष्ट्रिय मान्यता हो नागरिकता दिनु पर्छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आधाभन्दा धेरै जनसंख्या बसोबास गर्ने तराईको मुख्य समस्या नागरिकता भएकाले यसलाई नेपाली जनताको विशेष अवस्था भनेर हल गर्नु पर्ने उनको तर्क छ ।
राष्ट्रियसभाको आजको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ विधेयक पेश गरिएको छ । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । अब संशोधन प्रस्ताव राख्न चाहनेले दर्ता गराउन सक्नेछन् । राष्ट्रियसभाको अर्को बैठक साउन ११ गते बस्नेछ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com