भाजपा अध्यक्षलाई भेटेर प्रचण्ड आजै स्वदेश फर्किने
प्रकाशित मिति : असार ३२, २०७९ शनिबार
g]kfn sDo’lgi6 kf6L{ -dfcf]jfbL s]G_sf cWoIf k’iksdn bfxfn k|r08Ú ef/tsf] tLglbg] e|d0fsf qmddf lqe’jg cGt//fli6«o ljdfg:yndf ;~rf/sdL{;Fu ;ªlIfKt s’/f ub}{ . tl:a/ /Tg >]i7÷/f;;
भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज पनि राजनीतिक भेटघाट जारी छ । उनले आज सत्तारुढ भाजपाका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्ने कार्यक्रम छ । भाजपा अध्यक्ष नड्डाकै औपचारिक निमन्त्रणमा गत शुक्रबारदेखि प्रचण्ड भारत भ्रमणमा छन् ।
गत शुक्रबार भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका प्रचण्डले शनिबार भारतीय विदेश सचिव एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका थिए । विदेश सचिव एस जयशंकरले प्रचण्डसँगको भेट फलदायी भएको जानकारी ट्वीटरमार्फत् दिएका छन् ।
त्यसअघि शनिबार बिहान नयाँदिल्लीस्थित नेपाली राजदूतावासले आयोजना गरेको ‘ब्रेक फास्ट’ बैठकमा प्रचण्ड सहभागी भएका थिए । सोही बैठकमा प्रधानमन्त्री पत्नी आरजु राणासँग पनि उनको भेट भएको थियो ।प्रचण्डले आइतबार अपराह्न प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तयारी छ । सोही दिन उनी स्वदेश फर्किनेछन् ।








