ग्रिनकार्ड पाउने नेपालीमा पुरुषभन्दा महिला धेरै, अविवाहित ग्रिनकार्डवाहक भने धेरैजसो पुरुष


प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार

अमेरिकामा ग्रिनकार्ड पाउने नेपालीहरुमा पुरुषहरुको तुलनामा महिला धेरै भएको तथ्यांक डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको छ । खसोखासले विगत ५ बर्षको तथ्यांकको विश्लेषण गर्दा हरेक बर्ष ग्रिनकार्ड पाउने नेपालीहरुमा पुरुषको तुलनामा महिलाहरु धेरै छन् । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले महिला पुरुषमात्र नभई विवाहित अविवाहित लगायतका श्रेणीहरु समेत छुट्याएर तथ्यांक सार्वजनिक गरेको छ ।

आर्थिक बर्ष २०२० मा ७ हजार ८ सय ४७ नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड पाएकोमा ३८२१ पुरुष र ४०२६ महिला रहेका छन् । त्यसमा पनि २५ देखि ३४ बर्षका महिलाको संख्या उल्लेख्य छ । २०२० मा यो उमेर समुहका १६२८ नेपाली महिलाहरुले अमेरिकाको ग्रिनकार्ड प्राप्त गरेका छन् । यो उमेर समुहका नेपाली पुरुष १५११ जना रहेका छन् ।

ग्रिनकार्ड पाउनेहरुमा अधिकांश विवाहित रहेका छन् । २०२० मा ४८६७ विवाहित नेपालीले ग्रिनकार्ड पाएकोमा पुरुष २११३ र महिला २७५४ रहेका छन् । उक्त बर्ष २७६४ अविवाहित नेपालीले ग्रिनकार्ड पाएकोमा पुरुषहरु १६४६ र महिला १११८ रहेका छन् । अर्थात् अविवाहितकोमात्र अवस्था हेर्दा भने महिलाको तुलनामा पुरुषहरु धेरै छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२०१९ को तथ्यांक हेर्दा पनि कुल १० हजार २ सय १ नेपालीले ग्रिनकार्ड पाएकोमा महिला ५३०४ र पुरुषहरु ४८९६ रहेका छन् । यो बर्ष ग्रिनकार्ड पाउने विवाहित नेपाली ६ हजार २ सय ८६ रहेकामा ३५२९ महिला र २७५६ पुरुष छन् । ग्रिनकार्ड पाउने कुल अविवाहित ३६११ नेपालीमा महिला १५३४ र पुरुष त्योभन्दा धेरै २ हजार २७ जना रहेका छन् ।

त्यस्तै २०१८ को तथ्यांक हेर्दा कुल ११ हजार ९ सय ५३ नेपालीले ग्रिनकार्ड पाएकोमा महिला ६२२० र पुरुषहरु ५७३३ रहेका छन् । यो बर्ष ग्रिनकार्ड पाउने विवाहित नेपाली ६ हजार ९ सय ६१ रहेकामा ३९९६ महिला र २९६५ पुरुष छन् । ग्रिनकार्ड पाउने कुल अविवाहित ४६७५ नेपालीमा महिला १९७१ र पुरुष त्योभन्दा धेरै २ हजार ७ सय ४ जना रहेका छन् ।

आर्थिक बर्ष २०१७ को तथ्यांक हेर्दा कुल ११ हजार ६ सय १० नेपालीले ग्रिनकार्ड पाएकोमा महिला ५९०४ र पुरुषहरु ५७०६ रहेका छन् । यो बर्ष ग्रिनकार्ड पाउने विवाहित नेपाली ६ हजार ६ सय ११ रहेकामा ३७५६ महिला र २८५५ पुरुष छन् । ग्रिनकार्ड पाउने कुल अविवाहित ४६६९ नेपालीमा महिला १८९९ र पुरुष त्योभन्दा धेरै २ हजार ७ सय ७० जना रहेका छन् ।

आर्थिक बर्ष २०१६ को तथ्यांकमा १२ हजार ८ सय ५१ नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड पाएका छन् । जसमध्ये महिलाहरु ६६६५ र पुरुषहरु ६१८४ रहेका छन् । अन्य २ जना छन् । यो बर्ष ७ हजार ४१ विवाहितहरुले ग्रिनकार्ड पाएकोमा ४ हजार १४ महिला र ३ हजार २७ पुरुष छन् । ग्रिनकार्ड पाउने कुल अविवाहित ५ हजार ३ सय १४ मध्ये २३१७ महिला र पुरुष त्योभन्दा धेरै २९९७ जना रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com