तीन वर्षमै बाबुराम र उपेन्द्रको सम्बन्धविच्छेद,केन्द्रिय सदस्य भन्छन् बाध्यताको बैठक


प्रकाशित मिति : असार २९, २०७९ बुधबार

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबिच एकिकरण भएको तीन वर्षमै फुटेको छ । तर औपचारिक रुपमा भने फुटिसकेको छैन् । दुई गुटको बैठक दुइतिर भैरहेको छ ।
बाबुराम गुटको विस्तारित बैठकमा सहभागी केन्द्रिय सदस्य छन्द पन्थी भन्छन्, “बहुमत नै आधिकारिक हो । विशिष्ट परिस्थितिमा भएको बैठक हुनाले सधै सरल रेखामा हिड्छ भन्ने हुँदैन । त्यसैले यसको वैद्यानिकता निर्वाचन आयोगलेनै फैसला गर्छ ।”

बुधबारदेखि भट्टराईले आफ्नो गुटको केन्द्रीय समितिको विस्तारिक काठमाडौंमा बैठक गरेका छन् भने उपेन्द्र यादवपक्षधरले वीरगञ्जमा । पार्टीभित्र विभिन्न खालका समस्या आएको र त्यो समस्या सुल्झाउन अध्यक्षले केही पहल नगरेको नेता गंगा श्रेष्ठको भनाई छ ।

उनी भन्छन्,“स्थानिय तहको निर्वाचन सम्पन्न भईसकेपछि निर्वाचनको बारेमा विस्तृत समिक्षाको आवश्यक थियो त्यो समिक्षा आजको दिनसम्म अध्यक्ष उपेन्द्र जी ले गराउनु भएन र केन्द्रिय कार्यकारिणीको बैठकमा पनि गराउनु भएन । यो संगै पार्टी भित्र विभिन्न खालका समस्या आएका थिए, त्यो समस्यामा जसरी अध्यक्षको पहलमा समाधान गर्नुपर्ने थियो, त्यो नगरेका कारणले यो बैठक गर्न बाध्य भएका हौँ ।”

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच २६ वैशाख २०६६ मा एकता भएर समाजवादी पार्टी बनेको थियो, जुन पछिल्लो समय जनता समाजवादी पार्टीको नाममा क्रियाशील छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पार्टीको संघीय परिषद अध्यक्ष रहेका भट्टराईले पार्टी विभाजनको गृहकार्यस्वरुप बैठक गरेको बुझिएको छ । यो बैठकलाई संघीय परिषदको विस्तारित बैठक भनिएको छ । २३० जना केन्द्रीय सदस्य सहभागी भएको दाबी गरिएको छ । दुवै पक्षले आफ्नो बैठकलाई आधिकारिक नै भनिरहेको र छुटै बैठक बस्न बाध्य भएको जनता समाजवादी केन्द्रका कार्यकारिणी सदस्य प्रशान्त सिंहले बताए । “हामीले छुट्टै बैठक गर्न चाहेका हैनौँ । उपेन्द्रकै कारणले अन्तिम अवस्थामा आएर यो बैठक गर्नु परेको हो, उनले भने ।”

केन्द्रिय सदस्य पवित्रा तिमल्सिना भन्छन्र्, सम्मेलन गर्ने,पार्टीको महाधिवेशन गर्ने,नेपालमा राष्ट्रिय चरित्रको समुदायको बसोवास छ त्यो अनुसारको समावेशी र समानुपातिक जिम्मेवारी बाँडफाँड गर्नेे कुरा विधानमा लेखिएको छ । त्यो कुरा व्यवहारमा लागु भएन त्यसैले यो बहस गर्नु परेको हो ।’

जसपाको कूल केन्द्रीय सदस्यको संख्या ४९९ रहेको छ । तिमध्ये भट्टराई पक्षमा २ सय ३० जना सहभागि हुँदा ४० प्रतिशतभन्दा धेरै हुन्छ । जुन जसपाको विभाजनका लागि कानूनबमोजिम पुग्ने संख्या हो । संसदीय दलमा पनि आफूहरुको ४० प्रतिशत पुग्ने बाबुराम निकट नेताहरुको दाबी छ । श्रोत:नेपाल न्यूज बैंक

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com