अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिने


प्रकाशित मिति : असार २२, २०७९ बुधबार

करको दर हेरफेर र सीसीटीभी फुटेज विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिने भएका छन् । प्रतिनिधिसभाको बैठकमा आफ्ना कुरा राख्दै अर्थमन्त्री शर्माले राजीनामाको घोषणा गर्ने भएका हुन् । अर्थमन्त्री शर्मा केहीबेर अघि संसद भवनमा पुगेका छन् ।

सम्बोधनका क्रममा शर्माले आफुले कुनै गल्ती नगरेको दाबी गर्दै आफुमाथि लागेको आरोपबारे छानबिन गर्न सघाउने प्रतिवद्धता जनाउने भएका छन् ।बजेट भाषणको अघिल्लो रात अर्थमन्त्रालयमा असम्बन्धित व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लाग्दै आएका अर्थमन्त्री शर्मा सो दिनको सीसीटीभी फुटेज हराएपछि थप विवादमा परेका थिए ।

अर्थमन्त्रीको दबाबमा फुटेल डिलिट गरेको भन्दै प्रमुखप्रतिपक्षी र सत्तापक्षका नेताहरुले शर्माको राजीनामा माग्दै संसदीय छानविन समिति गठनगर्नुपर्ने माग गर्दै आएका छन् ।

तर अर्थमन्त्री शर्माले आफुले कुनै गल्ती नगरेको स्पष्टीकरण दिँदै आएका छन् ।   शर्माले आफुले जनपक्षीय बजेट ल्याएको दाबी गर्दै विरोधीले आफुलाई सिध्याउन षड्यन्त्र गरेको आरोप लगाएका थिए । अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने तयारी गरेको एमालेका सांसदसँग माओवादीका सांसदहरुले संसदभवनमा छलफल गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com