ठूला नेता भेटघाटको रहस्य बारे यस्तो भन्छन्,माओवादी केन्द्रका केन्द्रीय सदस्य


प्रकाशित मिति : असार २०, २०७९ सोमबार

 

आइतबार तत्कालिन नेकपाका बहुमत सचिवालय सदस्यहरूबीच भेटवार्ता भएपछि फेरी बाम गठबन्धनको चर्चा सुरु भएको छ । पाँच दलीय गठबन्धनमा आवद्ध दलका चार जना नेताहरु र कम्युनिष्ट एकता गराउन चाहेका बामदेव गौतमबीचको भेटले कांग्रेस र एमाले दुवै दललाई शसंकित बनाएको छ ।

संघ र प्रदेशको निर्वाचनअघि नयाँ गठबन्धन बन्नेमा सबै दल एकअर्काप्रति सशंकित भइरहेका छन् । यस्तो अवस्थामा नेकपाकालिन ५ जना शीर्ष नेताको भेटले शंकामा बल पुर्याएको छ ।

अहिलेको गठबन्धन तोडेर कम्युनिष्टहरु जुट्ने हुन कि भन्ने चिन्तामा कांग्रेस छ भने आफूविरुद्ध सबै मिल्ने हुने कि भन्ने त्रासमा एमाले अध्यक्ष केपी ओली छन् । यस्तो अवस्थामा आइतबारको भेटलाई माओवादीले भने राजनीतिक सम्भावना जे पनि हुनसक्ने रुपमा अथ्र्याएको छ । तर पहिलो प्राथमिकता ओली प्रवृत्ति विरुद्धको मोर्चाबन्दी हुने माओवादीका नेता विशाल खड्का बताउँछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनी भन्छन्,राजनीतिमा सबै सम्भावनाहरुको ढोका खुल्ला रहन्छ । तर कम्युनिष्टको नाममा केपी ओली प्रवृत्ति हाबी भयो, यस्तो निरंकूश राजा बन्ने प्रयत्नविरुद्धको मोर्चाबन्दी पनि हो ।’

नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरूबीच आइतबार साँझ ललितपुर हातिबनमा भेटवार्ता भएको थियो ।
भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम सहभागी थिए ।-एनएनबी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com