प्रधानमन्त्री देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल : पूर्वमन्त्री लेखक


प्रकाशित मिति : असार १८, २०७९ शनिबार

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले पार्टी सभापति शेरबहादुर देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल भएको दाबी गरेका छन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता लेखकले पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल भएको कुरा कामबाट प्रमाणित भएको बताएका हुन् । उनले भने जे उद्देश्यले सरकार गठन भएको हो अहिले सोहीअनुरुप काम भैरहेको जिकिर गरेका हुन् ।

पूर्वमन्त्री लेखकले पार्टीको महाधिवेशन भएको ६ महिना बितिसक्दा पनि विधान बनाउने, पदाधिकारी नियुक्त गर्ने र कार्यसमितिलाई पूर्णता दिने काम बाँकी रहेकाले अब छिट्टै ती काम सम्पन्न गरिने विश्वास दिलाए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com