पाँचथरमा पहिरोमा बेपत्ता तीन जनाको शव भेटियो


प्रकाशित मिति : असार १८, २०७९ शनिबार

पाँचथरको फालेलुङ गाउँपालिकामा पहिरोमा बेपत्ता भएका तीन जनाको शव भेटिएको छ । पहिरोमा बेपत्ता भएका ४२ वर्षीय रुपलाल मगर, उहाँकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसाको शव फेला परेको वडा(७ का वडाअध्यक्ष शेरबहादुर केरुङले जानकारी दिए । उनका अनुसार गएराति गएको पहिरोले फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर बगाएको थियो ।

घर बगाउँदा रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने उछिट्टिएर बाँच्न सफल भएका छन् । पहिरोले ढुङ्गा, माटोले बनेको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com