पोखरामा बन्यो ५ करोडको जिम ,लाउन्जबार र स्विमिङपुल


प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार

 

पोखरा बगरमा शुक्रबारदेखि लाउन्जबार र इनडोर स्विमिङपुल संचालनमा आएको छ । राजनीतिमा स्थापित युवा नेताहरु सहित युवा उद्दमी ६ जना युवाहरु मिलेर संचालन ल्याएको स्विमिङ पुल पोखराकै ठूलो इनडोर स्विमिङपुल रहेको बताइएको छ ।

युवा नेता दीपक कोइराला ,बखान सिङ तमु,सुमन देबकोटा,बलराम सुवेदी,बामदेव सुवेदी र नवीन आचार्यको संयुक्त लगानीरहेको छ। दुई बर्ष अगाडिनै संचालनमा आएको जिमटाउनसंगै लाउन्जबार स्विमिङपुलको लगानी ५ करोड पुगेको संचालक दीपक कोइरालाले जानकारी दिनुभयो ।

कोइरालाले हेल्थक्लबको रुपमा अगाडि बढाउने सोच अनुरुप एकै ठाउँमा जिम र स्विमिङ निर्माण गरिएको जनाउनुभयो । सेवा शुभारम्भको अबसर पारेर जिम,स्विमिङमा असार मसान्तसम्म विशेष छुट दिएको म्यानेजिङ डिरेक्टर बामदेव सुवेदीले बताउनु भयो ।

 

जिममा असार मसान्त सम्म भर्ना निशुल्क रहेको छ भने रेस्टुरेन्ट तर्फ २ हजार माथीको विलमा १ स्विमिङ टिकटको ब्यबस्था मिलाईको छ ।इनडोर स्विमिङ भएकोले युवा युवतीको रोजाई बन्नेमा आफुहरु आशाबादी रहेको अर्का संचालक बखानसिङ तमुले बताउनु भयो । आज मात्र ४० जनाभन्दा बढीले स्विमिङ गरेको जनाइएको छ ।-एनएनबी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com