प्रचण्डलाई घनश्यामको कडा जवाफ : अब माओवादीको बीऊ उम्रदैन


प्रकाशित मिति : असार १५, २०७९ बुधबार

नेकपा एमालेका नेता घनश्याम भुसालले नेपालमा कम्युनिष्ट पार्टीहरु कमजोर अवस्थामा पुगेको बताएका छन् । सिद्धिलाल सिंह जन अभिनन्दन समारोहलाई सम्बोधन गर्दै भुसालले कम्युनिष्ट पार्टीहरु विभाजन भएकाले नै समस्या सृजना भएको बताएका हुन् ।

कम्युनिष्ट पार्टीहरु एक ठाउँमा जुट्दा ७० प्रतिशत हुने र धेरै काम गर्न सकिने भए पनि त्यसो हुन नसकेको भुसालले बताए । भुसालले कमरेड सिद्धिलालले सिकाएको बाटोमा हिँड्नका लागि कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेमा माओवादीको बिउ रोपेर आएको छु भन्नु गलत भएको बताउँदै भने,अब माओवादीको बिउ, नेकपा एमलोको बिउ, समाजवादीको बिउ, कमरेड सिपीको बिउ, कमरेड फलानाका बिउ..अब यि बिउहरु उम्रदैनन् । नेता भुसालले जीवनभर इमानदार भएर श्रमजीवी जनताको पक्षमा खडा हुनुपर्नेमा जोड दिए ।

एमालेमा आफूले रोपेको बिउ केही समयपछि फुल्ने र फल्ने अध्यक्ष प्रचण्डको दाबी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com