लागूऔषध दुव्र्यसनीका घटनामा आएन कमी


प्रकाशित मिति : असार १३, २०७९ सोमबार

df]/ª, !@ c;f/ M lhNnf k|zf;g sfof{no df]/ª, l/se/L g]kfnnufot ljleÌ ;‹;+:yfx?åf/f ;+o’St ?kdf cfof]lht #%cf}F nfu’cf}ifw b’?kof]u tyf cf];f/k;f/ lj?4sf] cGt/f{li6«o lbj;sf] pknIodf cfOtaf6 lhNnf k|zf;g sfof{no df]/ªaf6 lgsflnPsf] k|eftkm]/Ldf Kn]sf8{ af]sL ;xefuL 5fq5fqf . k|eftkm]/Ln] gu/sf] ljleGg kl/qmdf u/]sf] lyof] . tl:a/M dgf]h bfxfn÷/f;;

कर्णाली प्रदेशको राजधानी सहर सुर्खेतमा लागूऔषध दुव्र्यसनीका घटनामा कमी आउन सकेको छैन । विगत ३ वर्षको तथ्याङ्कलाई केलाएर हेर्दा लागूऔषधका घटना बढ्दो अवस्थामा भएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले आर्थिक वर्ष २०७६र७७ मा लागूऔषध दुव्र्यसनीका ५२ घटना दर्ता हुँदा ९० जना पक्राउ परेको र त्यसमा छजना महिला रहेको राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार आव २०७७/७८ मा लागूऔषधका ४९ घटना दर्ता हुँदा ७९ जना पक्राउ परे जसमा आठ महिला संलग्न भएको पाइयो ।

त्यसैगरी, चालु आव २०७८÷७९ को जेठ महिनासम्म लागूऔषध दुव्र्यसनीका ६४ घटना दर्ता भएका छन् । यसमा हालसम्म आठ महिलासहित हालसम्म ११३ जना पक्राउ परेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । “तीन वर्षमा सुर्खेतमा १६५ लागूऔषध दुव्र्यसनीका घटना घट्दा २८२ जना पक्राउ परेका छन्,” रासससँगको कुराकानीमा उहाँले भन्नुभयो, “तीमध्ये १६ देखि २५ वर्षमुनिका मात्र छन् ।” दुव्र्यसनीमा सात प्रतिशत महिला पनि संलग्न भएको उहाँको भनाइ थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँका अनुसार लागूऔषध प्रयोगकर्ता तथा कारोबारीहरू चरेस, गाँजा, ब्राउनसुगर, कोकिन, नाइट्राभेट, कोरेक्सलगायत लागूऔषधसहित पक्राउ परेको पाइएको छ र ती घटनाहरू दिनप्रति दिन बढी रहेका छन् । प्रहरीसहित सबै सरोकारवालाको साझा प्रयास र प्रतिबद्धताको प्रभावकारी   कार्यान्वयनबाट मात्र लागूऔषध दुव्र्यसनीका घटना न्यूनीकरण हुनसक्ने  उहाँको भनाइ थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले चालु आर्थिक वर्षसहित गएका दुई वर्षको लागूऔषध तथ्याङ्कमा बढेको देखिए पनि आव २०७५÷७६ को तथ्याङ्कलाई हेर्दा लागूऔषध दुव्र्यसनी घटनामा कमी आएको बताउनुभयो । ती घटना बढ्दै जानुमा भारतीय खुला सीमा प्रमुख कारण भएको उहाँ जनाउनुभयो । “लागूऔषधले व्यक्ति, परिवार, समाज हुँदै सिङ्गो देशलाई नोक्सानी पु¥याएको छ,” प्रहरी उपरीक्षक विष्टले भन्नुभयो, “यसको रोकथाम, न्यूनीकरण तथा नियन्त्रणमा प्रहरीको एकल प्रयासले केही हुन सक्दैन ।

सरोकारवालाको साथ सहयोग अपरिहार्य छ ।” विद्यालय, विश्वविद्यालय तथा अन्य सार्वजनिक स्थानमा लागूऔषध विरुद्धका सचेतनाका कार्यक्रममा राजनीति दलहरू सहभागी हुने तर कोही व्यक्ति पक्राउ पर्दा छाडिदिन प¥यो भन्ने जस्तो राजनीतिक दलहरूका नेताको दोहोरो भूमिकाले यसको रोकथाम तथा नियन्त्रणमा प्रभाव परेको उहाँको भनाइ थियो ।

प्रहरी उपरीक्षक विष्टले विशेषगरी बाँके र बर्दियाले लागूऔषधका कारोबारी तथा आयातकर्तालाई पूर्णरुपले प्रतिबन्ध लगाउन सके सुर्खेतलगायत कर्णाली प्रदेशमा यसको कमी आउने दाबी गर्नुभयो । समुदायका प्रहरी साझेदार कार्यक्रमअन्तर्गत सचेतनामूलक निर्र्बाध अघि बढेको जनाउँदै उहाँले वडादेखिको स्थानीय तह, प्रदेश सरकार, गैरसरकारी निकाय, नागरिक समाज, पत्रकारको सक्रिय भूमिकाबाट मात्र यसको नियन्त्रण तथा न्यूनीकरण सम्भव रहेको बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com