कम्युनिस्टहरु बिग्रेपछि सबैभन्दा नराम्रा हुने : प्रचण्ड
प्रकाशित मिति : असार १३, २०७९ सोमबार
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्टहरु बिग्रेपछि सबैभन्दा नराम्रा हुने बताएका छन् । नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिका अवसरमा आयोजित ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा बोल्दै प्रचण्डले शोधनान्तर घाटा हुनुमा ओली नेतृत्वको सरकारका युवराज खतिवडा भएको बताए ।
कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले वर्तमान सरकार आएपछि मुलुकको शोधनान्तर विदेशी मुद्राबारे दिएको अभिब्यक्तिप्रतिको जवाफ दिँदै प्रचण्डले भने ‘शोधनान्तर घाटा हुनुमा ओली नै जिम्मेवार हुन । यसको जिम्मा ओलीले लिनुपर्छ ।’
नरबहादुर कर्माचार्यको स्मृति प्रतिष्ठनका संरक्षक समेत रहेका अध्यक्ष दाहालले, एमाले केपी शर्मा ओली प्रतिकृयावादी र संविधान विरोधी देखिएकाले बाध्य भएर सच्याई जनताका सामु ल्याउनु परेको अभिब्यक्ति दिएका छन् ।
आज काठमाडौंमा भएको उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमसीसीमा गल्ती गरेको बताएपछि प्रचण्डले आफू बोल्ने पालोमा भने ‘झलनाथजीलाई पनि म सम्झाउन चाहान्छु । एमसीसीबारे पहिलो दस्तावेज मैले लेखेको हो । एमसीसीबारे अध्ययन गर्नुस् भनेर झलनाथजीको नेतृत्वमा आयोग बनाउने प्रस्ताव पनि मैले नै राखेको हो यो हेक्का होला, रहोस् पनि ।’
एमसीसीबारे उठेका प्रश्नको जवाफमा उनले भने, ‘एउटा परिस्थितिमा १२ बुँदे व्याख्यात्मक घोषणा बनाएर डुब्न लाग्दा त्यान्द्रोको सहारा लिएकै हो, त्यहाँ कुनै लुकिछिपीको कुरा होइन ।’
प्रचण्डले नेताहरुलाई एसपीपीलाई खारेज गराउने भूमिकाको नेतृत्व पनि आफैंले खेलेको नबिर्सन सुझाव दिँदै भने ‘सत्यलाई कसैले इन्कार गर्न हुँदैन । ओली नेतृत्वको सरकारले नै एसपीपीको नेतृत्व गरेर गरेको कुरा मैले बोलेपछि प्रमाणित गर्न एउटा नेताले चुनौति दिए, केही दिनपछि प्रमाण नै आयो सक्कियो ।’









