लागू पदार्थ तथा अवैध तस्करी कारोबारमा विदेशी नागरिक, के छ नेपालको अवस्था ?


प्रकाशित मिति : असार ११, २०७९ शनिबार

 

आज अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस । हरेक वर्षको जुन २६ तारिखका दिन यो दिवस मनाइन्छ । यसको उद्धेश्य विश्व समुदायलाई लागुऔषधको असर र कारोवारवाट मुक्त गराउनु हो । तर यो सफल हुन सकेको छैन । नेपालमा लागू औषधको सेवन र तस्करीको अवस्था कस्तो छ त ?

असार २ गते नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले पत्रकार सम्मेलन गरेर एक अर्ब दुई करोड रुपैयाँ बराबरको सेतो हेरोइनसहित सात जना महिलालाई पक्राउ गरेको जानकारी दियो । जेठ २६ देखि ३१ गते एक हप्ताको अवधिमा ५१ किलो सेतो हेरोइनसहित सात जना अफ्रिकी महिलालाई पक्राउ गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केही दिनअघि मात्रै एक जना तान्जानियाका नागरिक, दुई जना भारतका र एक जना नेपालीसहित करिब ५ किलो हिरोइन काठमाण्डौको बौद्धबाट बरामद भयो । यि घटना त पछिल्लो उदाहरण मात्रै हुन् । नेपालमा लागू औषध सेवन र कारोबार डरलाग्दो गरी बढिरहेको छ ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ५ हजार १ सय ६७ जना अभियुक्त पक्राउ परेका छन् । तिमध्ये ४ हजार ७ सय ५४ जना पुरुष र २२१ जना महिला र २२१ जना महिला पक्राउ परेका छन् । त्यसैगरी १ सय ७६ जना विदेशी पुरुष र १६ जना विदेशी महिला अभियुक्त पक्राउ परेको ब्यूरोको तथ्याङ्कमा उल्लेख छ । विदेशी नागरिकसमेत लागु औषध कारोबारमा संलग्न हुनुले नेपाल अन्तराष्ट्रिय रुपमै असुरक्षित छ कि भन्ने आशंका पैदा हुन्छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने विदेशी नागरिकलाई कडाई गराउन सुपुर्दगी सन्धीको खाँचो रहेको छ । अवैध कारोबारमा संलग्नलाई कारबाही गर्न लागि सुपुर्दगी ऐन बनाउनुपर्ने पूर्व प्रहरी प्रहरी अधिकारीको ठहर छ । नेपाल प्रहरीमा लागूऔषध नियन्त्रणका लागि जनशक्ति कम भएको र भएका जनशक्ति पनि दक्ष नहुँदा समस्या भएको पूर्व डिआइजी केशब अधिकारी बताउँछन् ।

यता नेपाल प्रहरीले भने लागु औषध सेवन तथा कारोबार नियन्त्रणका लागि प्रभावकारी काम गरिरहेको दाबी गरेको छ । लागु औषध विदेशबाट नेपाल भित्रिन नदिन पनि सफल भएको प्रहरी प्रवक्ता विष्णुकुमार केसी बताउँछन् । विभिन्न देशबाट पार गरेर नेपाल आएपछि पक्राउ पर्नुले अन्य देशको भन्दा नेपालको प्रहरी सफल भएको पुष्टी हुने केसीको तर्क छ ।

चालु आर्थिक वर्षको २०७८–७९ को ११ महिनामा ९ हजार ३ सय ६१ किलो गाँजा बरामद भएको छ । ४ सय ५८ किलो चरेस बरामद भएको छ । ५८ किलो हिरोइन बरामद भएको छ ।

४७ किलो अफिम, ३ किलो कोकिन बरामद भएको छ । मनोद्धिप लागुऔषध भनिने ट्याब्लेट १९ हजार ५ सय २९ वटा बरामद भएको छ । एम्पेटामाई १३ ग्राम भेटिएको ब्यूरोको तथ्याङ्कले देखाउँछ । चरेस बनाउन प्रयोग गरिने पोल्याण्ड भनिने लागुऔषध पनि ४ किलो भेटिएको छ ।

बाँकेमा लागुऔषध मुद्दा बढ्दै

बाँकेमा लागुऔषधजन्य पदार्थ बरामद र लागुऔषध मुद्दा बढदै गएको छ । खासगरी जिल्लामा लागुऔषध पर्दाथको सेवन गर्ने र कारोबारी बढी भएकाले यस्ता मुद्दामा वृद्धि भएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार चालु आवको असार पहिलो सातासम्म यस्ता अभियोगमा १८५ पक्राउ परेका छन् । ती मध्येमा १७५ पुरुष र १० महिला छन् ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस अवसर पारेर यसको माग घटाउने अभियान र वितरणमा नियन्त्रण गर्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए ।

उनले लागुऔषधको कारोबार र सेवनलाई निरुत्साहित गर्न आवश्यक भएको उल्लेख गर्दै विद्यालय केन्द्रित कार्यक्रम र लागुऔषध जोखिम न्यूनीकरण गर्नु पर्ने बताए । गत आर्थिक वर्षमा बाँकेमा कूल १९६ पक्राउ परेका थिए । ती मध्ये १८५ पुरुष र ११ महिला रहेकामा १२६ लाई मुद्दा चलाइएको थियो ।

पछिल्लो तथ्याङ्कअनुसार जिल्लामा ट्याब्लेटको कारोबार बढेको देखिएको छ । गत वर्षभन्दा चालु आवमा नाइट्रोजन र ट्रामाडोल दोब्बर बढी पक्राउ गरिएको छ । गत आवमा ब्राउन सुगर ५७० ग्राम, चरेस २० दशमलव तीन केजी, अफिम ३४ दशमलव ५७४ केजी, गाँजा ६८ दशमलव ४३ केजी, कोरेक्स ३९ दशमलव चार लिटर, नाइट्रोजन एक हजार ३१० ट्याब्लेट र ट्रामाडोल एक हजार ७० ट्याब्लेट बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए ।

उनका अनुसार चालु आवको असार पहिलो सातासम्म ब्राउनसुगर ८९० दशमलव ९९ ग्राम, चरेस १४ दशमलव १५८ केजी, गाँजा २४ दशमलव २८ केजी, कोरेक्स आठ दशमलव चार लिटर, नाइट्रोजन चार हजार २५ ट्याब्लेट र ट्रामाडोल दुई हजार ४३० ट्याब्लेट बरामद हुँदा अफिम भने बरामद भएको छैन । जिल्लामा २० पुनःस्थापना केन्द्रमा अहिले ३१२ जनाको उपचार भइरहेको छ । उनीहरु २० देखि ५४ वर्षसम्मका छन् । निःशुल्क परामर्श केन्द्रमा नौ जनाले सेवा लिइरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com