नेपाल प्रहरीका १७ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस, बढुवा हुनेको सूचीमा ४ महिला


प्रकाशित मिति : असार ८, २०७९ बुधबार

नेपाल प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी)हरुलाई नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ । बुधबार राती गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले उक्त सिफारिस गरेको हो । बढुवा हुनेको सूचीमा ४ जना महिला एसएसपी समेत रहेका छन् ।

बढुवा सिफारिसको पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्तबहादुर कुँवर, दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा अशोक सिंह, चौथोमा दीपक थापा र पाँचौँमा श्यामलाल ज्ञवाली हुनुहुन्छ ।

यस्तै, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणालाई पनि डिआइजी बढुवाका लागि सिफरिस गरिएको छ ।

 

https://drive.google.com/file/d/1DDXAD8Wj8DssWhzYJxtldUe3Ps8ysOZJ/view

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com