एसपीपी अघि नबढाउने सरकारको निर्णय : सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्की


प्रकाशित मिति : असार ६, २०७९ सोमबार

sf7df8f}F, !$ dªl;/ M dlGqkl/ifbsf lg0f{o ;fj{hlgs ;~rf/ tyf ;”rgf k|ljlwdGqL 1fg]Gb|axfb’/ sfsL{ dGqfnodf dªunaf/ cfof]lht kqsf/ ;Dd]ngdf dlGqkl/ifbdf ePsf lg0f{o ;fj{hlgs ub}{ . tl:a/ M rGb|snf If]qL÷/f;;

नेपाल सरकारले संयक्त राज्य अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) अघि नबढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सबै सरकारी निकायहरुले कूटनीतिक सम्बन्धका विषयमा पत्राचार गर्दा अनिवार्यरूपमा परराष्ट्र मन्त्रालयमार्फत गर्ने निर्णयसमेत गरेको छ ।

यसैगरी बैठकले राष्ट्रिय समाचार समिति (रासस)को अध्यक्ष पदमा वरिष्ठ पत्रकार धमेन्द्र झा (धनुषा)लाई नियुक्त गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी सो जानकारी दिनुभएको हो । राससका नवनियुक्त अध्यक्ष झा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।

मन्त्रिपरिषद्ले बैठकले नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पु-याएको योगदानको कदरस्वरुप जयपृथ्वीबहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

उहाँले नेपाल वायु निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नेपाल वायुसेवा निगम, ऐन २०१९ को दफा २० बमोजिम निलम्बन गरी निजउपर जाँचबुझको कार्य अघि बढाउने सरकारले निर्णय गरेको बताउनुभयो । सरकारले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन आयोजनाको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने पनि निर्णय गरेको छ ।


Discover more from KHASOKHAS

Subscribe to get the latest posts sent to your email.

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com