बझाङको खप्तडछान्ना–१ मा समाजवादीको प्यानल नै विजयी


प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार

बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर १ मा एकीकृत समाजवादीको प्यानल नै विजयी भएको छ । एकीकृत समाजवादीका देवीभक्त जोशी ४४० मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन ।

जोशीका प्रतिद्वन्दी एमालेका सुरेस खत्रीले २३८ मत मात्रै ल्याए । ४ जना वडा सदस्य पनि सबै गठबन्धनकै निर्वाचित भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com