भिसा बुलेटिनलाई युएससीआईएसबाट मान्यता, फेब्रुअरीमा अमेरिकामा हुने कसकसले ग्रिनकार्ड फाइल गर्ने ?


प्रकाशित मिति : माघ ३, २०७८ सोमबार

अमेरिकी सरकारको विदेश मन्त्रालय अन्तरगत ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको फेब्रुअरीको भिसा बुलेटिनलाई युएससीआईएसले स्वीकार गरेको छ । जस अनुशार ग्रिनकार्ड बाहकका दम्पत्ति र २१ बर्ष नकाटेका छोराछोरीका सन्दर्भमा भने आई १३० का साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सकिनेछ ।

अमेरिकाभित्रै हुने ग्रिनकार्ड बाहकका दम्पत्ति र २१ बर्ष नकाटेका छोराछोरीका सन्दर्भमा आई १३० फर्मका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गरेर वर्क परमिट र ट्राभल डकुमेन्ट प्राप्त गर्नसकिन्छ । साथै अध्यागमन स्टाटस जोगाउने झन्झट पनि हुँदैन ।

त्यस्तै अमेरिका भित्र हुने अमेरिकी नागरिकका २१ बर्ष काटेका अविवाहित छोराछोरीले १५ मे २०१६ भन्दा अगाडि प्राथमिकता मिति भएको खण्डमा फेब्रुअरीमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्नेछन् । अमेरिकाभित्र हुने ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछोरीले २२ सेप्टेम्बर २०१६ भन्दा अगाडि प्राथमिकता मिति भएको खण्डमा फेब्रुअरीमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्नेछन् ।

अमेरिकाभित्रै हुने अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुले सन् २००९ को अगस्त २२ भन्दा अगाडि प्राथमिकता मिति भएको खण्डमा फेब्रुअरीमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्नेछन् । अमेरिकाभित्रै हुने अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका सन्दर्भमा १ अक्टोबर २००७ भन्दा अगाडि प्राथमिकता मिति भएको खण्डमा फेब्रुअरीमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्नेछन् ।

अमेरिकाभित्रै हुनेहरुका सन्दर्भमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्नुभन्दा अगाडि अमेरिकामा गैरकानूनी उपस्थीति भएको भने हुनुहुँदैन ।

फेब्रुअरीमा रोजगारमा आधारित सबै श्रेणीका ग्रिनकार्डहरु करेन्ट रहेका छन् । अर्थात् अमेरिकाभित्र हुनेले आई १४० का साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सकिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com