Follow @khasokhasmag

तनहुँ जीप दुर्घटना : मृतकको सङ्ख्या ६ पुग्यो !


प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा शुक्रबार साँझ भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । ग १ ज ६५५५ नम्बरको जीप दुर्घटनामा परी चार जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बन्दीपुर–६ धरमपानी बस्ने नौ महिने बालिका आरुबी थापा, सोही ठाउँ बस्ने २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने, ७६ वर्षीया विममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

दुर्घटनामा परी सोही ठाउँका २१ वर्षीया जमुना थापा (मृतक बालिकाको आमा), ४८ वर्षीया मम्कुली थापा, २२ वर्षीया कुमारी गुरुङ, १६ वर्षीया समिसा थापा र सात महिने बालिका विविशा थापा घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको बन्दीपुर अस्पतालमा उपचार भइरहेको छ । जीप सडकबाट १०० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com