पत्रकार किरण मरहठ्ठाको “द होप”


प्रकाशित मिति : जेष्ठ २३, २०७४ मंगलबार

पत्रकार किरण मरहठ्ठाद्धारा लिखित पुस्तक “द होप” को ेटेक्सासको अस्टिनमा लोकार्पण गरिएको छ । नेपालको आर्थिक, समाजीक, राजनीतिक तथा आध्यिात्मिक क्षेत्रका कारिब २५ जना अगुवाहरुको विचार समेटिएको द होपमा तत्कालिक परिस्थितिको चित्रणका साथै नेपालको अर्थराजनीतिक पाटोको विश्लेषण गरिएको छ । यो मरहठ्ठाले टेलिभजिनमा विभिन्न व्यक्तित्वसँग लिनुभएका अन्तरवार्ताको संगालो हो । २२० पेजको सो पुस्तक डिकुरा पब्लिकेशनले बजारमा ल्याएको हो ।

पुस्तक लोकार्पण कार्यक्रमका प्रमुख अतिथि, समाजसेवी एवं हेमसरिता पाठक फाउन्डेसनका अध्यक्ष हेम पाठकले पुस्तकको लोकार्पण गर्नु भएको थियो । “द होप नेपाली समाजमा आशाको दियो बनेर आएको छ,” पाठकले भन्नुभयो, “ यो एक पत्रकारले समाजका विभिन्न क्षेत्रका व्यक्ति र बिषयको गहिरो अध्ययान पश्चात लेखीएको कृती हो ।” पाठकले पत्रकार मरहठ्ठालाई गैर आवासिय नेपालीको बारेमा सबैभन्दा जानकार पत्रकारको संज्ञा पनि दिनुभयो ।

ग्रेटर अश्टिन नेपाली समाज, अश्टिनको आयोजनामा भएको कार्यक्रममा फिल्मकर्मी नारायण पुरीले पुस्तकको समिक्षा गर्दै “द होप” पत्रकारितामा नवप्रवेशीहरुको लागी मार्गदर्शक भएको बताउनु भयो । “किरण मरहठ्ठा सामाजीक उत्तरदायीत्व सहितको पत्रकारितामा खरो उत्रिएको पत्रकार हो, नेपालको टेलिभिजन अन्तर्वाताशैली निर्माणमा उनको विशेष योगदान छ,” पुरीले भन्नुभयो ।

टेक्सासका विभिन्न क्षेत्रका अगुवा व्यक्तित्वहरु उपस्थित कार्यक्रममा नारी साप्ताहिकका सहसम्पादक झरना नहर्कीले पत्रकार मरहठ्ठाको कलम नेपाली समाजको ऐना हो भन्दै द होप पत्रकारिता जगतमा एक उत्कृष्ट कृति हो भन्नुभयो । पत्रकार रविन पियाले द होपलाई खारिएको पत्रकारको परिपक्व कर्म भनेर टिप्पणी गर्नुभएको थियो भने पत्रकार सुरज भण्डारीले लेखक मरहठ्ठाको व्यक्तित्व र पत्रकारिता यात्राको समिक्षा गर्नुभएको थियो ।

ग्रेटर अश्टिन नेपाली समाजका अध्यक्ष देवराज न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा लेखक मोहन सिटौला र राजेश्वर निरौलाले पनि मन्तव्य दिनुभएको थियोे भने लेखक मरहठ्ठाले पुस्तकमा समाबेस बिषयवस्तुको बारेमा जानकारि दिनुभएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com