सल्यानमा बस दुर्घटना ८ जनाको मृत्यु, २६ जना घाइते


प्रकाशित मिति : कार्तिक २१, २०७८ आईतबार

सल्यानमा बस दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ भने  २६ जना घाइते भएका छन् । जिल्लाको दुल्धारापोखराबाट दाङको तुलसीपुर जाँदै गरेको ना२ख २५५२ नं को बस आज बिहान ११ बजे कपुरकोट गाउँपालिकाको खारखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी छ जनको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा दुईजना बालबालिका पनि छन् । घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।

प्रहरीले घटनास्थलमा पुगेर घाइतेको उद्धार गरिहेको छ । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने प्रहरीको भनाइ छ । दुर्घटनामा परी घाइते भएकाको जिल्ला अस्पताल सल्यान, श्रीनगर सल्यान तथा दाङको तुलसीपुर अस्पतालमा उपचार सुरु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी उपरीक्षक गोविन्द थापाले जानकारी दिनुभयो ।

बस सडकभन्दा करिब २०० मिटर तल खसेको छ । बसमा करिब ४० जना यात्रु रहेको अनुमान गरिएको छ । प्रहरीले मृतक तथा घाइतेको विवरण सङ्कलन गरिरहेको जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com