नेपालमा २४८२ कोरोना संक्रमित थपिए, ४४ को मृत्यु


प्रकाशित मिति : भाद्र ९, २०७८ बुधबार

नेपालमा पछिल्लो २४ घण्टामा २४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर ९७११ जनामा पिसिआर र ५५७९ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा २४८२ जनामा कोरोना पुष्टि भएको हो।

काठमाडौंमा ५१५, भक्तपुरमा १४२ र ललितपुरमा ८८ गरी काठमाडौं उपत्यकामा कूल ७४५ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै, २४ घण्टामा ४४ जनाको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट देशभर १० हजार ६१२ जनाको मृत्यु भएको छ।

त्यस्तै, देशभर सक्रिय संक्रमितको संंख्या ३८ हजार २ सय ८७ रहेको छ। जसमा ३५ हजार २ सय ५० होम आइसोलेसनमा, ३ हजार ३७ संस्थागत आइसोलेसनमा, ६ सय १० आइसीयूमा र १६१ जना भेन्टिलेटरमा छन्। हाल २० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com