अमेरिकामा बन्दुक नियन्त्रणका लागि राष्ट्रपति बाइडेनबाट कार्यकारी आदेश जारी

प्रकाशित मिति : चैत्र २६, २०७७ बिहीबार

अमेरिकामा आम नरसंहारका घटनाहरु बढिरहेको सन्दर्भमा राष्ट्रपति जो बाइडेनले बन्दुक नियन्त्रणका लागि कार्यकारी आदेश जारी गरेका छन् । सिरियल नम्बर नभएका हातले बनाइएका वा आफै जडान गरिएका बन्दुकहरुमा कडाई गर्नका लागि कार्यकारी आदेश जारी गरिएको हो ।

बाइडेनको कार्यकारी आदेशमा डिपार्टमेन्ट अफ जस्टिसलाई रेड फ्ल्याग कानूनको मोडलका लागि निर्देशन समेत दिइएको छ । जसले आफैलाई वा अरुलाई नोक्सान गर्ने जोखिममा रहेका व्यक्तिबाट अस्थायीरुपमा बन्दुक खोस्न सक्नेछ । त्यस्तै बन्दुक तस्करीका सन्दर्भमा बृहत रिपोर्टका लागि समेत बाइडेनले निर्देशन दिएका छन् ।

बाइडेनले अमेरिकामा भएका बन्दुकको हिंशाका घटनालाई अन्तर्राष्ट्रिय लज्जाको विषय भएको बताएका छन् । ह्वाइट हाउसको रोज गार्डेनमा बोल्नै राष्ट्रपति बाइडेनले अमेरिकाको बन्दुक हिंशालाई महामारी भएको बताएका छन् ।

बाइडेनले बुधबार साउथ क्यारोलिनामा प्रतिष्ठित डाक्टरसहित पत्नी र नातीनातिनीहरुको बन्दुक हिंशाको घटनामा मृत्यु भएको प्रसंग समेत आफ्नो सम्बोधनमा समावेश गरेका छन् । खासगरी बाइडेनले कार्यकारी आदेशमा कथित भूत बन्दुकका सन्दर्भमा कडाई गर्ने रुपरेखा अगाडि सारेका हुन् ।

बन्दुकका लागि आवश्यक पर्ने सामाग्रीहरु किनेर घरमा नै बन्दुक जोड्ने र त्यस्ता बन्दुकमा कुनै सिरियल नम्बर नहुने भएकाले त्यस्ता बन्दुकहरु अमेरिकामा ब्यापक दुरुपयोग भएका छन् । त्यस्ता बन्दुकहरु कस्को नाममा थिए भन्ने ट्रयाक गर्न नसकिने भएकाले त्यस्ता बन्दुकबाट अपराधका घटनाहरु गराइदै आएका छन् । बन्दुकका लागि आवश्यक सामाग्री किन्नका लागि क्रेताको पृष्ठभूमि परीक्षण गर्न आवश्यक नभएकाले त्यस्ता सामाग्री अनलाइन वा पसलबाट सिधै किन्न सकिन्छ ।

बाइडेनले बन्दुक नियन्त्रण ऐन अन्तरगत बन्दुक बनाउने सामाग्रीहरुलाई पनि बन्दुकको रुपमा हेरिनुपर्ने बताएका छन् । बन्दुक बनाउन आवश्यक पर्ने सामाग्रीहरुको पनि सिरियल नम्बर हुनुपर्ने र त्यस्ता सामाग्री किन्न पृष्ठभूमि परीक्षण हुनुपर्ने बाइडेनले बताएका छन् । त्यसो भएमा त्यसरी बनाइएका बन्दुकहरु पनि ट्रयाक गर्न सकिनेछ ।

बाइडेनले संसदलाई बन्दुक सम्बन्धि बिल ल्याउनका लागि प्रोत्साहन गरेका छन् । अब प्राथना अति भएको र केही कदम चाल्ने बेला आएको बाइडेनले बताएका छन् । बन्दुकका सन्दर्भमा भएका छिद्रहरु बन्द गर्न र पृष्ठभूमि परीक्षण बढाउन प्रतिनिधिसभाबाट पारित भइसकेका तीनवटा बिलहरु सिनेटबाट पनि पारित गर्न बाइडेनले प्रोत्साहन गरेका छन् ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved. Namaste International Media Group (worldwide) and Namaste Media Inc (USA)
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com