नेत्रहीन विद्यार्थीलाई नेपाल विश्व सहयोग संघबाट एकलाख सहयोग


प्रकाशित मिति : पुस १७, २०७७ शुक्रबार

नेपाल विश्व सहयोग संघले संस्थाको नेपाल शाखाको सकृयतामा नेत्रहीन विद्यार्थीहरुको राहतका लागि रु एक लाख सहयोग प्रदान गरेको छ। पोखरामा सकृय नेपाली नेत्रहीन विद्यार्थी फाउन्डेशन मार्फत सहयोग प्रदान गरिएको हो ।

गण्डकी प्रदेश सांसद प्रकाश चन्द्र दबाडीको प्रमुख आतिथ्य र क्यालिफोर्नियाका नेपाली महावाणिज्यदूत ॠषि ढकालको विशेष आतिथ्यमा सहयोग प्रदान गरिएको हो । कायैक्रममा राजेन थापा, उत्तम कार्की, चन्द्र धिताल, विनोद भट्ट तथा पत्रकार दीपेन्द्र श्रेष्ठ अतिथि हुनुहुन्थ्यो ।

भर्चुअल कायैक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सांसद प्रकाश चन्द्र दबाडीले विदेशमा बसोबास गर्ने क्रममा नेत्रहीन विद्यार्थीवारे लामो अनुभव बटुलेको अनुभव बाँडदै नेत्रहीन प्रतिआफ्नो भावनात्मक सम्बन्ध रहेको बताउनु भयो। साथै उहाँले राज्य स्तरबाट हुन सक्ने कुनै पनि सहयोग गर्न तत्पर रहेको प्रतिवद्दता समेत प्रकट गर्नुभयो ।

बिशिष्ट अतिथी अमेरिकाको क्यालिफोर्निया निवासी महावाणिज्यदूत ॠषि ढकालले अशक्तहरुको लागि आफूले समेत सहकार्य गर्दै आएको र यस्ता प्रकारका सहयोग अत्यन्त फलदायी हुने बताउँदै आफूले सकेको सहयोग गर्न तयार रहेको बताउनु भएको छ।

त्यस्तै पिडिजी राजेन थापाले आफू दार्जिलिङमा अध्यापनमा रहँदा नेत्रहीनहरुलाई समेत पढाउन पाएको स्मरण गर्दै नेपाली नेत्रहीन विद्यार्थी फाउन्डेशनलाई लायन्स मार्फत सहयोग जुटाउने प्रयास गर्ने वताउनु भयो। कार्यक्रममा नेपाल विश्व सहयोग संघका च्याप्टर अध्यक्षहरु निजानन्द मल्ल, गोविन्द ढकाल, प्रभाखर पराजुली, सुरेश पनेरुले च्याप्टर मार्फत भएका जनसेवा वारे प्रकाश पार्नु भएको थियो।

कार्यक्रममा नेपाल विश्व सहयोग संघका संस्थापक तथा अन्तरराष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरुले संस्था स्थापनाको पृष्‍ठभूमी वारे प्रकाश पार्दै नेपाल भित्र र नेपाल बाहिर नेपाली राष्ट्रियताको संरक्षण गर्न, आवाजहीनहरुको लागि आवाज बन्न, सामाजिक न्याय स्थापित गर्न र बिपन्न तथा अशक्तहरुलाई सक्दो सहयोग गर्न संस्था स्थापना भएको बताउँदै राष्ट्रिय भावनाको खेतीमा सरिक हुन सबैलाई आग्रह गर्नु भयो।

वरिष्ठ समाजसेवी उत्तम कार्की, चन्द्र धिताल, अमर सिंह मा वि पोखराका पूर्व प्राचार्य नवराज पौडेल , पत्रकार दीपेन्द्र श्रेष्ठ लगायतले मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा फाउन्डेसन फर नेप्लिज ब्लाइन्ड स्टुडेन्टका अध्यक्ष सुर्य छेत्रीको सम्वोधन मन्तव्यसाथ सम्पन्न भयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com