जर्मनीमा चान्सलर मर्केलको उत्तराधिकारीको खोजी


प्रकाशित मिति : मंसिर ३०, २०७७ मंगलबार

दिलीप शर्मा

जर्मनीमा वर्तमान् चान्सलर एन्जिला मर्केलको क्रिश्चियन डेमोक्रेटिक युनियन (सिडियू) ले जर्मनीमा संघीय गणतन्त्र स्थापनाका ७१ वर्षमध्ये कूल ५० वर्ष सत्ता सम्हालेको छ । सिडियू नेता तथा चान्सलर मर्केलले आफ्नो १६ वर्ष लामो नेतृत्वलाई छोड्ने घोषणा यस अघि नै गरिसकेकी छन् । यो अवस्थामा जर्मनीमा नेतृत्व परिवर्तन हुने कुरामा कुनै दुविधा छैन तर को होला मर्केलको उत्तराधिकारी अहिले सबैको चासोको विषय बनेको छ ।

जर्मनीको राजनीतिक स्थिरताको प्रचार गर्दै आएको सिडियूले तीन मध्यमार्गीहरू बीचको प्रतिस्पर्धाबाट नै नेतृत्व चयन गर्ने सम्भावना प्रवल देखिएको छ । सरकारको नेतृत्वका लागि पार्टीबाट निर्वाचित हुनुपर्ने कानुनी व्यवस्था रहेको सिडियूलाई यसका लागि पार्टीको नेतृत्व चयन पहिलो काम हुनेछ । पार्टी नेता नै आगामी वर्षको सेप्टेम्बरमा हुने निर्वाचनमा चान्सलरको उम्मेदवार बन्नेछ । अर्को वर्ष हुने आम निर्वाचनले पनि सीडीयूको विकल्प दिने सम्भावना अहिलेसम्म देखिँदैन । मर्केलले करिब दुई वर्ष अघि नै पार्टी नेतृत्वका लागि आफू पछि हट्ने तर आगामी नेतृत्व चयन प्रक्रियामा आफ्नो सम्लग्नता नरहने घोषणा गरेकी छन् ।

मर्केलको गठबन्धन दल सिडियूले सोमबार आगामी महिना हुने महाधिवेशनलाई कोभिड–१९ को विश्वव्यापी संक्रमण (महामारी) का कारण भर्चुअल सम्मेलनमार्फत् गर्ने बताएको छ । जनवरी १५ र १६ मा गरिने बताइएको सिडियूको बैठक पहिलो डिजिटल सम्मेलन हुनेछ ।

पार्टीको शीर्ष कामका लागि खोजी गरिरहेका तीन व्यक्तिहरू जर्मनीको राजनीतिमा कुनै नयाँ नाम भने होइनन् । कर्पोरेट वकिल फ्रेडरिक मर्ज, मध्यमार्गी विदेश मामिला विज्ञ नोर्बर्ट रोत्जेन र जर्मनीको सबैभन्दा बढी जनसङ्ख्या भएको उत्तरी राइन–वेस्टफालिया राज्यका नेता अरमिन लास्चेत यस पदका लागि इच्छुक रहेका चर्चित नाम हुन् ।

लास्चेत मर्केलको मन पर्ने नेता हुन् । उनको पार्टीप्रतिको वफादारी र अनभव मर्केलले उनलाई रूचाउनुका आधार हुन् । लास्चेतले सिडियूका लागि लामो समयदेखि कठोर मेहनतका साथ का गरेका छन् तर उनको काम गर्ने शैली तथा क्षमता प्रशंसनीय रहेपनि यी गुणहरूको तुलनामा योग्यतामा स्वभाविक मेल नरहेको कतिपय विश्लेषकहरूको बुझाइई छ । उनको करिश्माले क्षमतासँग मेल नखाने उनीहरूको धारणा रहेको छ ।

फ्रेडरिक मर्जले दुई दशक पहिले बुन्डेस्ट्यागमा सीडीयूको ककसको नेतृत्व गर्नुभएको थियो तर मर्केलले नेतृत्वका लागि तयारी गरेपछि उनलाई अघि बढ्ने अवसर गुमेको थियो । निजी क्षेत्र पछि परेको र बैंकिङ तरलता बढेपछि उनले पुनः वापसीको लागि जोड गरेको बताइएको छ ।

तेस्रो दावेदार नोर्बर्ट रोत्जेन बुन्डेस्ट्यागको विदेश मामिला समितिका अध्यक्ष छन् । उनले मर्केलको नेतृत्वमा वातावरण मन्त्रीको रूपमा संक्षिप्त समय (सन् २००९ देखि २०१२ सम्म) काम गरेका थिए तर बुन्ड्स्ट्यागमा ग्रीन पार्टीले उनलाई पराजित गरेपछि मर्केलले अति नै मन पराएपनि उनलाई मन्त्रीबाट हटाउनुको विकल्प भएन ।

यी तीनै नेतामध्ये पार्टीमा कसैको अत्यधिक बहुमत रहेको देखिँदैन । हालै गरिएको एक सर्भेक्षणले मर्जको पक्षमा २७ प्रतिशत मत रहेको देखाएको थियो तर अहिलेको अवस्थामा उक्त समर्थनमा ह्रास आएको बताउन थालिएको छ । सर्भेक्षणले रोत्जेनलाई १६ प्रतिशत मत आउने देखाएको थियो भने लास्चेतलाई २१ प्रतिशत मत आउने देखाएको थियो । यी कुनै पनि नेताले सर्भेक्षणको नतिजाभन्दा अपेक्षाकृत सुधार हासिल गर्न सकेको पाइँदैन ।

सम्मेलनको दोस्रो दिन सीडीयूका एक हजार एक प्रतिनिधिहरूले नेतृत्वका लागि विजेता चुन्नेछन् । सिडियूले भनेको छ, छनौट हुलाकबाट प्राप्त मतपत्रका आधारमा पुष्टि गरिनेछ र असफल दुई उम्मेदवारको नाम भने प्रकाशित गरिने छैन ।

क्रिस्चियन डेमोक्रेटिक युनियनका प्रमुखले परम्परागत रूपमा यसलाई नेतृत्व गरी यसको सानो बेभेरियाली भगिनी दल क्रिश्चियन सोसल युनियन (सिइसयू) लाई चुनावमा लैजान्छन् ।

यसरी छानिएको उम्मेदवारले नै यदि अनुदारवादी समूहले आगामी वर्षको सेप्टेम्बर २६ मा हुने चुनाव जितेमा मर्केललाई चान्सलरका रूपमा विस्थापन गर्नेछ ।

सन् २००५ देखि सत्तामा रहेकी मर्केलले युरोपको शीर्ष आर्थिक शक्तिको नेतृत्वको रूपमा आफ्नो चौथो कार्यकाल समाप्त गरेपछि पद छोड्ने योजना बनाएकी छन् ।

एङ्ग्रेट क्रयाम्प करेन्वाउर मर्केलको कार्यबाहक उत्तराधिकारीका रूपमा सन् २०१८ मा जिम्मेवारी सम्हालेकी थिइन् तर उनले क्षेत्रीय चुनावसम्वन्धी एक काण्डको केही महिनामा नै राजीनामा गरेका थिए र उक्त पदलाई प्रतिस्पर्धाका लागि खुला गरिदिएका थिए ।

त्यसपछि महामारीका कारणले पार्टीको सम्मेलन दुई पटक स्थगित भएको थियो ।

जर्मनीले दोस्रो कोरोनाभाइरसको लहरको सामना गरिरहेको छ । पछिल्ला दिनहरूमा जर्मनीमा दैनिक संक्रमण र मृत्यु सङ्ख्या उच्च रेकर्ड भएको छ । जर्मनीले बुधवारदेखि आंशिक लकडाउनमा फर्कने तयारी गरेको छ । यसैकारण विद्यालय र अति–आवश्यकबाहेकका पसलहरू कम्तीमा जनवरी १० सम्म बन्द रहनेछन् ।

यस सङ्कटले सीडीयूका तीन आकांक्षीले उनीहरूको नेतृत्वका लागि वास्तविक गति दिन कठिन बनाएको छ । सर्वेक्षणले कतिपय जर्मन नागरिकहरूले सीएसयूका बेभेरियाली प्रिमियर मार्कस सोएडरलाई आफ्नो अर्को चान्सलरको रूपमा ल्याउन चाहन्छन् ।

महामारीको लागि सोएडरको कडा प्रतिक्रियाले उनलाई व्यापक प्रशंसा मिलेको थियो र उनलाई राष्ट्रिय नेताका रूपमा महत्व दिएको छ । तर उनले आफ्नो स्थान बाभेरियामा भएको जिकिर गर्दै चान्सलरको निर्वाचनमा लड्न अनिच्छा प्रकट गरेका छन् ।

सर्वेक्षणले ६५ वर्ष पहिले करोडपति रहेका मर्केलका पूराना प्रतिद्वन्द्वी मर्ज सिडियू मतदाताहरूको मनपर्दो विकल्प रहेको मानिएको छ । रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com